शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा

बुधवार , चैत्र १२, २०७६

सिन्धुली,१२ चैत – सिन्धुलीमा बुधवार थप एक जनालाई आइसोलेशनमा भर्ना गरिएको छ । कमलामाई नगरपालिका १२ का एक पुरुषलाई उच्च ज्वरो आएपछि आइसोलेशनमा भर्ना गरिएको हो । सिन्धुली अस्पतालका डा प्रसन्न राजभण्डारीका अनुसार ती व्यक्ति उच्च ज्वरो आएपछि बुधवार अस्पतालमा आएका थिए । उनमा १०४ डिग्री ज्वरो, खोकीलगायत लक्षण रहेकाले आइसोलेशनमा राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती बिरामीका छोरा १४ दिनअघि दुबईबाट नेपाल आएका थिए । उहाँ परिवारको सम्पर्कमा आएको चार दिनपछि पिता बिरामी परेका हुन् । उहाँलाई कोरोना संक्रमण हुन सक्ने आशंकामा आइसोलेशनमा राखी उपचार गरिएको र उहाँको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको डा. राजभण्डारीले बताउनुभयो । उहाँको श्रीमती र र छोरा सामन्य अवस्थामा रहेपनि उहाँहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिने डा. राजभण्डारीले बताउनु भयो ।

अस्पतालले मंगलबार कमलामाई २ का एक १९ वर्षीय युवकलाई आइसोलेशनमा राखेर उपचार शुरु गरेको थियो । भारतमा नै ज्वरो आएको अवस्थामा उहाँ घर आउनु भएको थियो ।

प्रतिक्रिया