शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

क्वारेन्टाईन संचालन लागि सहायक प्रजिअको संयोजकत्वमा समिति गठन

बुधवार , चैत्र १२, २०७६

सिन्धुली – सिन्धुलीमा बनाइएको क्वारेन्टाईन व्यवस्थित रुपमा संचालन गर्न र आवश्यक व्यवस्थापन गर्नका लागी सहायक प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईको संयोजकत्वमा समिति गठन गरिएको छ ।

सिन्धुलीमा कोरोना भाईरस्(कोभिड–१९) संक्रमणको शंकास्पद विरामीहरुलाई राख्न कमलामाई नगरपालिका –६ स्थित भु– तथा जलाधार कार्यालय र साविक जिल्ला प्रशासन कार्यालय सिन्धुलीको भवनमा ३९ बेडको क्यारेन्टाईन तयार भएको छ ।

नगरप्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा बुधवार बसेको बैठकले कोरोना भाइरस सम्वन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार सिन्धुलीमा तयार भएको क्वारेन्टाईन संचालनका लागि उक्त समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा वर्द बहादुर गणका सेनानी राजाराम खड्का, सिन्धुली प्रहरीका प्रहरी निरिक्षक सन्तोष पोख्रेल, सिन्धुली अस्पतालका मेडिक सुपरिटेन्डेट डाक्टर लक्ष्मण खड्का, नेपाल रेडक्रस सोसाईटीका स्वास्थ्य अधिकृत गोकर्ण श्रेष्ठ, कमलामाई नगरपालिका ६ का वडाअध्यक्ष उज्जवल थापा, नगरस्वास्थ्य प्रतिनिधि केम थापा, स्वस्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साह, राष्ट्रिय अनुसन्धान सिन्धुली, शसस्त्र प्रहरी वल सिन्धुलीका अधिकृत प्रतिनिधि रहेका छन् ।

बैठकले क्वारेन्टाईन संचालनका लागि विभिन्न निर्णय समेत गरेको छ । सिन्धुली जिल्लाका सम्पूर्ण स्थानिय तहहरुको प्रत्येक वडाहरुमा वडाअध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गर्ने, उक्त समितिले विदेश, छिमेकी देश वा अन्य जिल्लावाट भ्रमण गरि हालसाल मात्रै घरमा फर्किएका साथै आफ्नो वडामा भम्रण गर्ने नयाँ व्यक्तिको नाम, थर, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण संकलन गर्ने निर्णय गरेको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्था, सुरक्षा निकाय र जनप्रतिनिधिहरुले त्यस्ता व्यक्तिको स्वास्थ्य स्थिति अनुगमन गर्ने, फोन सम्पर्क र आवश्यक परामर्श लगायत व्यवस्थापन गर्ने, विवरण संकलन र स्वास्थ्य सम्वन्धि परामर्श गर्नका लागी स्थानिय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने, अन्य स्थानवाट आएपछि १४ दिन सम्म अरु मानिससँंग सम्पर्क नहुने गरी दुइ कोठामा होम क्वारेन्टाईनमा सुरक्षित साथ बस्न लगाउने, ज्वरो आउने, स्वास प्रस्वास सम्वन्धी समस्या भइ आएको विरामीको दैनिक रुपमा नियमित जिल्ला स्तरीय संयन्त्रनमा विवरण पठाउने, समितिले आवश्यकता अनुसार जिल्ला स्तरीय क्वारेन्टाइनमा वा स्वास्थ्य समस्या भएमा समन्वय गरी अस्पताल वा क्वारेन्टाइनमा पठाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया