शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ३९ बेडको क्वारेन्टाईन निर्माण

बुधवार , चैत्र १२, २०७६

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी स्थित भूसंरक्षण कार्यालयको भवनमा निर्माण गरिएको ३१ बेडको क्वारेन्टाईनमा रहेका बेडहरु । 

 

सिन्धुली– सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीस्थित भूसंरक्षण कार्यालयका भवनमा ३९ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।

निर्माण गरिएको उक्त क्वारेन्टाईनको बुधबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री, प्रमुख जिल्ला अधिकरी योगेन्द्रप्रसाद पाण्डे सहित सुरक्षा निकायका प्रमुखहरुले अनुगमन तथा निक्षिण गर्नुभयो ।

कमलामाई नगरपालिका, नेपाली सेनाको बद्र्धबहादुर गण, सिन्धुली अस्पताल र नेपाल रेडक्रस सोसाईटी शाखा सिन्धुलीको सक्रियतामा क्वारेन्टाईन निर्माण गरिएको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो ।

[caption id="attachment_94252" align="alignnone" width="960"] सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा ३९ बेडको क्वारेन्टाईन स्थापना गरिएको भूसंरक्षण कार्यालयको भवन ।[/caption]

अहिले ३९ वटा बेडको क्वारेन्टाईन निर्माण भएपनि आवश्यकता अनुसार थप्न अरु १० वटा बेडका लागि आवश्यक सबै सामग्री अवस्थामा राखिएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “क्वारेन्टाईन निर्माण गर्न बद्र्धबहादुर गणले खाट, म्याटे«स, बेडसिट र रेडक्रसले जग र बकेट सहयोग गरेको छ ।” क्वारेन्टाईन निर्माण गर्न जिल्ला प्रशासन कार्यालय बसेको पुरानो भवन पनि तयारी अवस्थामा राखिएको उहाँको भनाई छ ।

त्यस्तै मरिण गाँउपालिकाले पनि मरिण बहुमुखी क्याम्पसमा पाँच सय जना क्षमताको क्वारेन्टाईन निर्माण गर्न तयारी सुरु गरेको गाँउपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिुनुभयो ।

 

प्रतिक्रिया