सिन्धुली,१२ चैत – कोरोना भाइरसको महामारी विश्वव्यापी बनिरहेको बेला नेपालमा समेत संक्रमण देखिएपछि सर्वसाधारणको समेत स्वास्थ्यलाई ध्यानमा राखेर सिन्धुली अस्पतालले निर्माण गरेको क्वारेनटाईन तथा आईसोलेसन वार्ड व्याबस्थापनको लागि सहयोग जुटनेक्रम जारी ।
यसै क्रममा शिद्धेस्वर खानेपानि तथा सरसफाई उपाभोक्ता संस्थाले ५० हजार रुपैया सहयोग गरेको छ । शिद्धेस्वर खानेपानि तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष महेन्द्र देव श्रेष्ठले बुधवार रु ५० हजार रुपैयाको चेक सिन्धुली अस्पताल व्याबस्थापन समितिको अध्यक्ष प्रलाद पोख्रेललाई हस्तान्तरण गर्नु भएको छ ।
बुधवार शिद्धेस्वर खानेपानि तथा सरसफाई उपाभोक्ता संस्थाको बसेको बैठकले सिन्धुली अस्पताललाई ५० हजार दिने निर्णय भए अनुसार सिन्धुली अस्पताललाई सहयोग गरेको शिद्धेस्वर खानेपानि तथा सरसफाई उपाभोक्ता संस्थाका अध्यक्ष महेन्द्र देव श्रेष्ठ बताउनु भयो ।
यो आपतकालीन अबस्थामा सहयोग गरेर साथ दिनुभएकोमा सिन्धुली अस्पतालको अध्यक्ष प्रलाद पोखे्रलले अध्यक्ष श्रेष्ठ लगाएत शिद्धयस्वर खानेपानि तथा सरसफाई उपाभोक्ता संस्था सिन्धुलीलाई धन्यवाद दिनु भयो ।
मंगलबार सिन्धुली अस्पतालमा आइशोलेसन वार्ड निर्माणकालागी स्वर्गिय प्रमुख सेनानी कविन्द्रजंग थापाको नाममा उहाँको भाई कमलामाई –५ निवासी डबिन्द्रजंग थापाले ५० हजार रुपैँया सहयोग गर्नुभएका थियो ।