शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

साबुन पानीले हात धोएर मात्रै गाउँ छिर्न पाईने

बुधवार , चैत्र १२, २०७६

सिन्धुली,१२ चैत – विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस्(कोभिड–१९) विरुद्ध सिन्धुली जिल्लाभरी नै सचेतनामुलक अभियानहरु चलिरहेका छन् । कोरोना भाइरस् संक्रमण फैलिन नदिन सरकारसँगै नागरिकहरुले पनि स्वस्फुर्त रुपमा सचेतनामुलक अभियान सुरु गरिरहेका छन् ।

यसको एउटा उदाहरण हो सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.–२ कुसुमटारका युवाहरुले चलाएको सचेतनामुलक अभियान ।

युवाहरुले कोरोना भाईरसको संक्रमणबाट बच्न र भाईरस फैलिन नदिन साबुन पानीले हात धोएर मात्रै गाउँमा छिर्ने व्यवस्था गरेका छन् ।

कुसुम युवा क्लवले कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटार प्रवेशद्धार झोरखोलामा ५ सय लिटरको ड्रममा धारा बनाएर साबुन पानीले हात धोएर मात्रै गाउँमा छिर्न पाउने व्यवस्था गरेको हो ।

गाउँको कोही पनि नागरिक बाहिरबाट गाउँमा छिर्दा र नयाँ कोही व्यक्ति गाउँमा गएमा साबुन पानीले हात धोएर मात्रै छिर्न आग्रह गरिएको क्लवका एक सदस्य सुबास थिङले जानकारी दिनुभयो । साबुन पानीले हात धुदा कारोना भाईरसबाट बच्न मदत पुग्ने भएकाले साबुन पानीले हात धोएर मात्रै गाउँमा छिर्न दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया