शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा  बदेलको आक्रमणबाट दुई जना सख्त घाईते

मंगलवार , चैत्र ११, २०७६

सिन्धुली ११ चैत – सिन्धुली जिल्लामा जंगली बदेलको आक्रमणमा परी मंगलबार दुई जना सख्त घाईते भएका छन् ।

घाईते हुनेहरुमा घ्याङ्गलेख गाउँपालिका वडा नम्बर ४ बन्दिपुर निवासी २४ बर्षिया सुनिमाया मोक्तान र ५ बर्षिय नविन मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार सुनिमाया र नविन आमाछोरा हुन् । उनीहरुलाई बन्दिपुर घरबाट घ्याङ्गलेख गाउँपालिका ५ स्थित रामपुर बजार आउने क्रममा जंगली बदेलले आक्रमण गरेको हो । आक्रमणमा परि सख्त घाईते भएका उनिहरुको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।

प्रतिक्रिया