सिन्धुली,११ चैत – विश्वभरी कोरोना भाईरसको त्रास बढी रहेको बेला नेपाल शिक्षक संघ सिन्धुलीले ‘संकटका बखत राष्ट्रलाई योग्दान, कोरोना बिरुद्ध नेपाल शिक्षक संघको अभियान’ भन्ने मूल नारा सहित सचेतना अभियान सञ्चालन गरेको छ ।
जिल्लाको नौ वटै स्थानीय तहमा उक्त अभियान पुर्याउने उद्देश्य रहेको पर्चा, पम्प्लेट र व्यानर प्रकासित जस्ता गतिविधि अघि बढाईएको संघका जिल्ला अध्यक्ष अरुणकुमार थिङले जानकारी दिनुभयो । उहाँले कोरोनाले विश्व आतंकित बनाई रहेकोले सिन्धुली जिल्ला पनि मानिसको आवतजावत बढी हुने ट्रान्जिट प्वाईन्टको रुपमा स्थापित भई सकेकोले कोरोना सम्बन्धि चेतानाको अभियान लिएर अघि बढेको बताउनुभयो ।
कोरोना लागेको कसरी थाहा पाउन सकिन्छ, कोरोनाका लक्षण के के हुन्, योबाट बच्नका लागि के के गर्न सकिन्छ, यो अवस्थामा नागरिकहरुलाई चेतना बस्ती बस्तीमा पुर्याउन अभियान सञ्चालन गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘मानिसको बढी चहल पहल हुने, भिड हुने स्थानमा पर्चा पम्प्लेट र व्यानर प्रकासित गरी अभियान चलाएका छौं ।