शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

खुर्कोटमा दुई वेडको आईसोलेसन वार्ड स्थापना

सोमवार , चैत्र १०, २०७६

बुद्ध नेपाली

सिन्धुली, १० चैत – सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं.७ कार्यालय र शुभजिवन हस्पीटल खुर्कोटको सहकार्यमा सोमवार दुई बेडको आईसोलेसन वार्ड स्थापना भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि शुभ जिवन हस्पीटलमा आईसोलेसन वार्ड स्थापना गरिएको गोलन्जोर गाँउपालिका वडा नं.७ का वडाध्याक्ष रोम बहादुर देवकोटाले जानकारी दिनुभयो । वडाबासी र विपी राजमार्ग भएर यात्रा गर्ने कोरोना भाईरस् शंकास्पद विरामीहरुको आईसोलेसनमा राखेर उपचार गरिने शुभ जिवन हस्पीटल खुर्कोटका अध्यक्ष डाक्टर राजन न्यौपानेले जानकारी दिनुभयो ।

कोरोना भाईरस्को संक्रमणलाई रोकथामका लागि खाद्यान्य, औषधी लगाएत अत्यावश्यक बाहेकका खुर्कोट बजारका सबै पसलहरु बन्द गरिएको वडाअध्यक्ष देवकोटाले जानकारी दिनुभयो । वडाअध्यक्ष देवकोटा र नमस्ते खुर्कोट बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा वडाका ५ सय नागरिकलाई घरघरमै गएर माक्स वितरण गरिएको छ ।

वडाको ३ ठाउँमा साबुन पानी सहितको धारा निर्माण गरिएको उहाँले बताउनुभयो । वडाले ईलाका प्रहरी कार्यालय खुर्कोटको सहयोगमा घरघरमा गएर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना भाईरस सम्बन्धि सचेतना फैलाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया