शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कोरोना त्रास : सिन्धुलीमा आर्थिक क्षेत्र ठप्प

सोमवार , चैत्र १०, २०७६

सिन्धुली,१० चैत – कोरोना भाइरसको त्रासले सिन्धुलीमा आर्थिक मन्दी छाएको छ । आयात, निर्यात र उद्योगको उत्पादन मात्रै बन्द भएको छैन, बजारमा वस्तु किन्ने ग्राहक भेटिन छाडेको छ । कारोना त्रासले आर्थिक कारोबार ठप्प छ । मुख्य व्यापारी केन्द्रहरु सिन्धुलीमाढी, भिमान, चकमके, मरिणको छाप, खुर्कोटमा कोरोनाको त्रासले चहलपहल घटेको छ ।

विश्वव्यापी बनेको कोरोनाले आर्थिक क्षेत्र नराम्रो प्रभावित बनेपछि व्यवसायीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । कोरोना भाईरस्का कारण सिन्धुलीमा व्यापारिक क्षेत्रमा असर परेको उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अम्रेशचन्द्र बैदारले बताउनुभयो ।

बजारमा पहिलाको तुलनामा अहिले आयात, निर्यात ठप्प हुदा आर्थिक गतिविधि शून्यमा झरेको उहाँले बताउनुभयो । उपभोग्य बस्तुहरु आयात बन्द भएपनि सिन्धुलीलाई आवश्यक पर्ने खाद्यान्य लगाएतका बस्तुहरु करिव ६ महिनलाई पुग्ने स्टक रहेको उहाँले बताउनुभयो । केही व्यापारीहरुको बैमानी र उपभोक्ताहरुले ग्यास अभाव हुन सक्ने आशंकाले आवश्यक भन्दाबढी खरिद गरेकाले ग्यासमा समस्या देखिएको उहाँले बताउनुभयो ।

जिल्लाका लागी आवश्यक पर्ने बस्तुहरु स्टक रहेपनि जिल्लाबाट निर्यात हुदै आएको रामेछाप, ओखलढुंगा, खोटांग, दोलखा लगाएतका जिल्लामा भने सामाग्री निर्यातमा समस्या हुन सक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया