शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका स्थानीय तह को’रोना’बिरुद्व गतिविधि बढाउदै

आइतवार , चैत्र ९, २०७६

कमलामाई गरपालिकास्थित बसपार्कमा स्थापना गरिएको हेल्प डेक्समा ज्वरो नाप्दै चिकित्सक

 

सिन्धुली,९ चैत– को’रोना भा’ईरसले विश्वभरि आ’तंकित बनाई रहेको बेला सिन्धुली जिल्लामा रहेका स्थानीय तहले पनि रोकथाम गर्न बिशेष सचेतनाका गतिविधि अघि बढाएका छन् ।

दुई नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तहले को’रोना भा’ईरसबाट बँच्न साबुन पानीले हात धुने, क्वा’रेन्टाईन बनाउने, हेल्प डेस्कको स्थापना र प्रचार प्रशार लगायतका का गतिविधिलाई ती’ब्र बनाउदै गएको जनाएका छन् ।

घ्याङलेख गाँउपालिकाका अध्यक्ष जगतबहादुर भोलन गाँउपालिकाले तीन हजार वटा साबुन किनेर घर घरमा पु¥याएर साबुन पानीले हात धुने बानी सिकाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीन हजार वटा साबुन खरिद गरी शनिबार बेलुकासम्म स्वास्थ्य चौकीहरुमा पु¥याउछौं र सोमबारसम्म घर घरमा पु¥याएर हातधुने बानी बसाउन सिकाउछौं ।”

बजारमा बढी भिडभाड हुन, भेला गोष्ठि, कार्यक्रम गर्न नदिने जस्ता कार्य सूचना टाँसेर जानकारी गराई सकेको बताउदै गाँउपालिका अध्यक्ष भोलनले एसईई परिक्षा स्थगित भएपछि विद्यार्थीहरुलाई घर घरमा पु¥याउने काम गाँउपालिकाले गरेको सुनाउनुभयो ।

त्यस्तै मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जन पनि को’रोना भा’ईरसको रोक थामका लागि गाडी पुग्ने ठाँउसम्म माईकिङ गरी प्रचार प्रसार गरेको, साबुन पानीले हात धुनका साथै सरसफाईमा बिशेष ध्यान दिन आग्रह गरेको र विपद व्यवस्थापन समितिको बैठक बसी तयारी गरिएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “वडामा कुनै शंकास्पद विरामी फेला परेमा स्वास्थ्य संस्थासम्म पु¥याउन वडा कार्यालयलाई भनेका छौं । गाँउपालिकाभित्र भेला भएर गरिने सम्पूर्ण कार्यक्रम स्थगन गर्नुका साथै विद्यालय पनि बन्द गरेका छौं ।”

उता दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत पनि को’रोना भा’ईरस बिरुद्ध सचेतनाको कार्यक्रम वडाका जनप्रतिनिधि तथा स्वास्थ्य स्वयंसेविका माफर्त चलाउने कार्य भई रहेको बताउनुहुन्छ । उहाँले डकाहा, दुधौलीमा तीन ठाँउमा हेल्प डेस्क स्थापना गरेको, नगरपालिकाले माक्स र सावुन पानीले हातधुने व्यवस्था गरेको, हाट बजार बन्द गरिएको जानकारी दिनुभयो ।

प्रमुख राउतले भन्नुभयो, “भिडभाड हुने बैठक र भेला बन्द गरेका छौं । सकेसम्म अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु भनी प्रचार प्रसार गरेका छौं ।”

सुनकोसी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिकास सुन्दास पनि को’रोना भा’ईरस रोकथामका लागि गाँउपालिका प्रमुखको अध्यक्षतामा क्वीक रेस्पोन्स टिम बनाएको र त्योसँग एम्बुलेन्स, प्रहरी, रेडक्रसकर्मी र गाँउपालिकाको टिम चुस्त बनाएर राखेको बताउनुहुन्छ ।

“१० लाख रुपैया बराबरको फिल्टर, सेनेटाईजर, साबुनहरु, ज्वरो नाप्ने बन्दुक, डाक्टरहरुले लगाउने सुरक्षाको पोशाक खरिद गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो, “यसका साथै खाल्टे अस्पताल र रातमाटा स्वास्थ्य चौकीमा क्वारेन्टाईन बनाउने निर्णय गरेका छौं ।”

कमलामाई नगरपालिकाले भने को’रोना भा’ईरसबाट बँच्न भिडभाड नगर्न र साबुन पानीले हात धुन प्रचार प्रशार गर्ने कार्य भई रहेको लगायतका गतिविधिलाई तीब्र बनाएको जनाएको छ ।

नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत तथा सूचना अधिकारी सागरकुमार ढकाल अतिथिगृहमा आईसोलेसन वार्ड स्थापनाका लागि सरसफाई भई रहेको, जिल्ला बाहिरबाट आएकालाई होटलभित्रै बस्न र बाहिर आउन नदिन व्यवस्था गरिएको बताउनुहुन्छ । हेल्प डेक्स स्थापना गर्नुको साथै खुल्ला रुपमा माछा मासु बिक्री गर्न रोक लगाईएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी हरिहरपुरगढी गाँउपालिकाले पनि विपद व्यवस्थापन समितिको बैठक बसी गाँउपालिका छिर्ने नाकानाकामा सन्देसमूलक सूचना राख्ने काम भई रहेको जनाएको छ । “संघिय र प्रदेश सरकारले दिएको निर्देशनलाई कार्यान्वयन गर्न मंगलबार विपद व्यवस्थापन समितिको बैठक बसेर तयारी गर्दै छौं,’ गाँउपालिका अध्यक्ष कार्साङ लामाले भन्नुभयो, “गाँउपालिका भित्र बैठक र भेला जस्ता बढी मानिसको भिडभाड हुने गतिविधिमा रोक लगाएका छौं ।”

गोलन्जोर गाँउपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की गाँउपालिकाको ठाँउ ठाँउमा साबुन पानीले हात धुने व्यवस्था मिलाएको, पोष्टर र पर्चा बनाएर टास्ने काम गरी प्रचार प्रसार भई रहेको, हाट बजार मेला बन्द गरिएको जानकारी दिनहुन्छ ।

उहाँले भन्नुभयो, “आईसोलेसन वार्डको व्यवस्था हुदै छ । औषधिमूलो र रुखाखोकीको दवाई प्रशस्त छ । माक्स खोजी रहेका छौं, तर कतै पाईएको छैन ।”

फिक्कल गाँउपालिकाले पनि छ वटै वडामा स्थानीय स्वास्थ्य संस्था ईन्चार्जको संयोजकत्वमा आपतकालिन समिति बनाई प्रचार प्रसार गर्नुका साथै चेकजाँच गर्ने व्यवस्था मिलाएको जनाएको छ । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीका अनुसार गैरसरसकारी संस्थाको समन्वयमा उनीहरुको कार्यक्षेत्रमा पर्चाहरु बितरण गरी प्रचार प्रसार गर्ने कार्य भई रहेको छ ।

कार्यालयका सेवाग्राहीलाई बाहिरै साबुन पानीले हात धोएर मात्र भित्र प्रवेश गराउन थालेका छन् ।

तिनपाटन गाउँपालिकाले को’रोना भा’ईरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन दुई वटा हेल्प डेक्स स्थापना गरेको छ । गाउँपाकिकाको केन्द्र लाम्पन्टार बहुमुखी क्याम्पसमा र चकमकेमा हेल्प डेस्क स्थापना गरेको हो । बाहिरबाट आएका यात्रुको चेक जाँच गरेर मात्र त्यहाबाट अन्यन्त्र पठाउने ब्यबस्था मिलाइएको तिनपाटन गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामबेचन शाहले जानकारी दिनुभयो ।

गाउँपालिकाले हेल्प डेस्क स्थापना तथा जनचेतना कार्यक्रम गरि को’रोनाबाट बच्न सर्वसाधारणलाई शतर्क रहन अनुरोध गरेको छ । गाउपालिकाका नागरिकलाई को’रोना भाइरसबाट बचाउन गाउपालिकाले सकेसम्म प्रभावकारी कदम चाल्ने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो । गाउँपलिका अन्तर्गतका सबै स्वास्थ्य सँस्थामा कार्यरत कर्मचारीहरुलाई अत्यावश्यक बाहेकको अबस्थामा बिदामा नबस्न पनि सबै स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

यस्तै चैत्र मसान्त सम्मका लागि त्यस चकमकेमा शुक्रबार लाग्दै आएको हाट पनि बन्द गर्ने निर्णय गरिएको र बजारमा मास्कको अभाब हुन नदिन स्थानिय स्तरमै मास्क्को उत्पादन गर्ने चकमके उधोग बाणिज्य सघँका अध्यक्ष मुकुन्द तिमल्सिनाले बताउनुभयो । विश्वभर फैलिरहेको को’रोना भा’ईरस् (कोभिड –१९) भित्रिन नदिन जिल्लाका सबै स्थानिय तहहरुले सचेतनामुलक अभियानहरु संचालन गरिरहेका छन् ।

प्रतिक्रिया