शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सहकार्यद्धारा अस्पताललाई स्प्रेयर ट्यांकी सहयोग

आइतवार , चैत्र ९, २०७६

सिन्धुली,९ चैत – नेपालमा अहिले सम्म देखा नपरेको कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुन सरकारले हर प्रयास गरिरहेको छ । कोरोनाको संक्रमण चेकजाँचलाई प्रभावकारी बनाउन सरकारी अस्पतालहरुलाई सरकारले थप स्रोत साधान थप्दै गएको छ । तर यतिले पनि अझै पर्याप्त छैन् ।

विश्वलाई नै त्रासित बनाएको कोरोना भाईरस् नेपाल प्रवेशमा सरकारीसँगै निजी तथा गैरसरकारी क्षेत्रको सहयोग अति अपरिहार्य छ । गैरसरकरी क्षेत्रले सकेको सहयोग पनि गरिरहेका छन् । यसको एउटा उदाहरण हो सिन्धुली अस्पताललाई सहयोग गर्ने सहाकार्य नेपालको प्रसंसानिय कार्य ।

सहकार्य नेपालले सम्मान परियोजना अन्तरगत सिन्धुली अस्पताल सरसफाइको लागि एउटा स्प्रेयर ट्यांकी र भाइरस मार्ने क्लोरीन दुई केजी उपलब्ध गराएको हो । अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष प्रलाद पोख्रेललाई उपाध्यक्ष सिर्मला तामाङ्गले उक्त सामान हस्तान्तरण गर्नु भएको हो ।

समाग्री दी यशिया फाउडेशनको सहयोग मेलमिलाप स्थानीय सरकार सवलिकरण परियोजना अन्र्तगत माण्डविले सिन्धुली अस्पताललाई आज ८ सेट व्यक्तिगत सुरक्षा सामाग्रि (पिपिइ) उपलब्ध गराईएको छ । विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाईरस संक्रमित विरामीहरुको उपचार गर्न अत्यन्तै आवश्यक पर्ने पिपिइ उपलब्ध गराइएको हो । उपचारमा संलग्न चिकित्सकलाई सुरक्षित रुपमा विरामीको उपचार गर्न सहयोग पुग्ने भएकाले सामाग्रिह हस्तान्तरण गरेकोमा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष प्रलाद पोख्रेलले धन्यवाद दिनुभयो । आपत्कालिन अवस्थामा सवैको साथ र सहयोगले कोरोना विरुद्ध लड्ने क्षमता बलियो हुने बताउनुभयो ।

प्रतिक्रिया