सिन्धुली, ९ चैत – सिन्धुलीको तिनपाटन गाउँपालिकाले को रोना भा ईरस (को भिड–१९) को सं क्रमण भित्रिन नदिन दुई वटा हेल्प डेक्स स्थापना गरेको छ । गाउँपाकिकाको केन्द्र लाम्पन्टार बहुमुखी क्याम्पसमा र चकमकेमा हेल्प डेस्क स्थापना गरेको हो ।
बाहिरबाट आएका यात्रुको चेक जाँच गरेर मात्र त्यहाबाट अन्यन्त्र पठाउने ब्यबस्था मिलाइएको तिनपाटन गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामबेचन शाहले जानकारी दिनुभयो । गाउँपालिकाले हेल्प डेस्क स्थापना तथा जनचेतना कार्यक्रम गरि को रोनाबाट बच्न सर्वसाधारणलाई शतर्क रहन अनुरोध गरेको छ ।
गाउँपालिकाका नागरिकलाई कोरोना भाइरसबाट बचाउन गाउँपालिकाले सकेसम्म प्रभावकारी कदम चाल्ने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो । गाउँपलिका अन्तर्गतका सबै स्वास्थ्य सँस्थामा कार्यरत कर्मचारिहरुलाई अत्यावश्यक बाहेकको अबस्थामा बिदामा नबस्न पनि सबै स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
यस्तै चैत्र मसान्त सम्मका लागि त्यस चकमकेमा शुक्रबार लाग्दै आएको हाट पनि बन्द गर्ने निर्णय गरिएको र बजारमा मास्कको अभाब हुन नदिन स्थानिय स्तरमै मास्क्को उत्पादन गर्ने चकमके उधोग बाणिज्य सघँका अध्यक्ष मुकुन्द तिमल्सिनाले बताउनुभयो । विश्वभर फैलिरहेको कोरोना भाईरस् (कोभिड –१९) भित्रिन नदिन जिल्लाका सबै स्थानिय तहहरुले सचेतनामुलक अभियानहरु संचालन गरिरहेका छन् ।