शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बाह्र हजार भु’कम्प पि’डितले अनुदान बुझे घरको छानो बनाएनन्

बुधवार , फाल्गुण २८, २०७६

सिन्धुली,२८ फगुन – भु’कम्प पि’डितले भु’कम्पको पुरै अनुदान बुझेर पनि घर पुर्ण गरेका छैनन् । सिन्धुली जिल्लामा हालसम्म २२ हजार बढीले भु’कम्प पुनःनिर्माण प्राधिकरण मार्फत निजी आवास बनाउनका लागि उपलब्ध गराउने तेस्रो किस्ता बापतको रकम बुझेपनि घरको छाना हालेका छैनन् ।

२०७२ साल बैशाखमा गएको वि’नाशकारी भु’कम्पले सिन्धुलीका झन्डै चालिस हजार घर क्ष’ति भएको भन्दै विभिन्न चरणमा गरिएको सर्वेक्षण अनुसार अनुदान पाउने लिष्टमा समावेश भएका छन् । ति मध्ये पहिलो चरणमा भएको सर्वेक्षणमा लाभग्राही सुचिमा परेका २२ हजार ८ सय ३४ जनाले भु’कम्प प्र’तिरोधी घर बनाएको भन्दै तेस्रो किस्ता सहित तीन लाख रकम बुझीसकेका छन् । तर रकम बुझेर पनि १२ हजार भु’कम्प पि’डितले घरको छाना हालेका छैनन् । प्राधिकरणको नियमाअनुसार पहिलो किस्ता पचास हजार बुझेपछि घरको जग बनाउनु पर्ने, दोस्रो किस्ता एक लाख पचास हजार बुझेपछि छाना तहसम्म बनाउनुपर्ने र तेस्रोे किस्ता लिएर घर पुर्ण गर्नुपर्ने नियम छ । तर भु’कम्प पि’डितले तेस्रो किस्ता बुझेर पनि घरको छाना नबनाई बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीले जनाएको छ ।

छाना भन्दा तल्लो तहसम्म महिनौ अगाडीनै निर्माण सम्पन्न गरि अनुदान बुझीसकेका भु’कम्प पि’डितले छाना हालेका छैनन्, कार्यालयका प्रमुख सुर्यप्रकाश विष्टले भन्नु भयो, “हाम्रो अबको पहिलो कामनै घर पुर्ण गराउने तर्फ हुन्छ ।” उहाले स्थानिय तह र वडाअध्यक्षहरुसँग छलफल भइरहेको भन्दै बा’ध्यकारी बनाएर छाना हाल्न र घर पुर्ण गराउन लगाउने बताउनु भयो । स्थानिय तह तथा वडाबाट हुने सरकारी सेवा सुविधा सबै रो ’क्न लगाएर बा’ध्यकारी बनाएर छाना हाल्न लगाउने कार्यालयले जनाएको छ । २०७७ साल पुस ११ गते भु’कम्प पुनःनिर्माण प्राधिकरणको समयसिमा सकिने भन्दै यहि असार मसान्तसम्म सिन्धुलीमा ९० प्रतिशत घर बनिसक्ने कार्यालय प्रमुख विष्टको भनाई छ । कतिपय घरहरु जगमै सिमित राखेको भन्दै ति घरहरुलाई पनि पुरा गर्नका लागि दबाब दिइने कार्यालयले जनाएको छ ।

जिल्लामा हाल नीजि आवास बनाउन सम्झौता गरि पहिलो किस्ता लैजाने ३६ हजार ८ सय ८० जना, दोस्रो किस्ता ३० हजार दुई सय जना र तेस्रो किस्ता २२ हजार ८ सय ३४ जनाले बुझीसकेका छन् ।

कार्यालयका अनुसार जिल्लामा प्रबलिकरणका १४ हजार ४ सय ४१ जना लाभग्राही रहेका र यि मध्ये ११ हजार २ सय ७० जनाले सम्झौता गरि पहिलो किस्ता रकम लगेका छन् । प्रबलिकरणका लाभग्राहीले भने दुई किस्तामा ५०÷५० हजार रुपैया पाउने छन् ।

प्रतिक्रिया