शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा ब म वि ष्फोट

बुधवार , फाल्गुण २८, २०७६

 

काठमाडौँ, २८ फागुन, – सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्र तिबन्ध लगाएको बुधबार एक वर्ष पुरा भएको छ। विप्लवका गतिविधीहरु आ पराधिक बन्दै गएको भन्दै सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको समूहलाई प्र तिबन्ध लगाएको थियो।

आफुमाथी सरकारले प्र तिबन्ध लगाएको एक वर्ष पुरा भएको दिन बिहानै विप्लवले पूर्व सन्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरको कम्पाउन्डमा श क्तिशाली वि स्फोट गराएको छ। विस्फोटबाट मानवीय क्ष ति भने भएको छैन। हालसम्म घ टनाको जिम्मेवारी कसैले नलिएपनि सुरक्षा निकाय विप्लव समूहले घ टना गराएकोमा स्पष्ट छन्।

 

ब म वि ष्फोटबाट घरको कम्पाउन्डमा क्ष ति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत ब मले क्ष ति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे ब म वि ष्फोट भएको हो ।

वि स्फोटका बे ला बास्कोटा भने निवासमा हुनुहुन्न थियो। उहाँ मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आउनु भएको थियो । मन्त्रीबाट राजीनामा दिएपछि पनि उहाँ आफ्नो निवास सर्नु भएको छैन ।

बास्कोटाको घरलाई नै ल क्षित गरी ब म वि ष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछिे सञ्चार मन्त्रीबाट राजीनामा दिनु भएको मन्त्री गोकुल बाँस्कोटा लक्षित आ क्रमण हुन सक्ने सूचना प्रहरीले त्यतिबेलै पाएको थियो ।

मध्यपुर ठिमी नगरपालिका १ मनहरामा बाँस्कोटाको घरको सु रक्षाका लागि मंगलबारसम्म पनि केही प्रहरीहरु त्यहाँ खटाइएको थियो ।

तर बुधबार बिहान उज्यालो भइसकेपछि बाँस्कोटाको घरको कम्पाउण्डमा श क्तिशाली वि ष्फोट भयो । आ क्रमण हुन सक्ने सूचना पाइसकेको प्रहरीले त्यसलाई रोक्न किन सकेन ? प्रश्न खडा भएको छ ।

स्रोतका अनुसार बास्कोटा प्रकरणलगत्तै प्रहरीको प्रति आ तंकवाद हेर्ने विषेश ब्युरोले सबै प्रहरी यूनिटलाई उहाँविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आ क्रमण गर्न सक्ने लिखित सर्कुलर नै जारी गरेको थियो ।

वि ष्फोटबाट बाँ स्कोटाको घरसँगै आसपासका केही घरहरुमा पनि क्षति पुगेको छ । क्ष तिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ ।

यो घटनाले राजधानीको सु रक्षा व्यवस्थापनमा प्रहरीमाथि गम्भीर चुनौती खडा गरेको छ ।

घ टनाको जिम्मेबारी अहिलेसम्म कसैले लिएको छैन ।

प्रतिक्रिया