शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अन्तर्राष्ट्रिय महिला दिवस : श्रमिक महिलालाई सम्मान

आइतवार , फाल्गुण २५, २०७६

 

सिन्धुली, फागुन – कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगर क्षेत्रका ६५ जना श्रमिक महिला ( गिट्टी बनाउन ढुंगा कुटेर जीवन निर्वाह गरिरहेका श्रमिक महिला ) लाई कार्यस्थलमै पुगेर दोसल्ला ओढाई सम्मान गर्नु भएको छ । उहाँले आजको दिवस अवसर आराम गरेर वस्नको लागिदैनिक ज्याता स्वरुप रु १ हजार पनि प्रदान गर्नु भएको छ ।

कमलामाई नगरपालिकाको मेयर खड्गबहादुर खत्री जिल्लाका संचारकर्मी सहितकको टोली लिएर सिन्धुलीमाढी भएर बग्ने ग्वाङखोला लगायत खहरे खोलामा गिट्टी बनाउन ढुंगा फोर्दै गरेका महिलालाई काम गरिरहेकै स्थानमा गएर दोसल्ला ओढाएर नगद १ हजारसहित सम्मान गरेको हो ।

नगरपालिकाका प्रमुख खड्ग खत्रीले आफूहरुले गरेको मजदुर स्वास्थ्य बिमाको प्रभावकारिता बुझ्न समेत यस किसिमको कार्यक्रम गरेको बताउनुभयो ।

सम्मानित कतिले यो कदमलाई खुसीसाथ आत्मसाथ गर्नु भएको छ भने कतिले आखाभरि आसुु वगाएर नगरप्रमुखको हात समातेको दृष्य अत्यन्त मार्मिक थियो ।

नगरपालिकाको मेयर आफ्नो काम गर्ने स्थानमा नै आएर सम्मान गरेको देख्दा आफू अचम्मित भएको र खुसी भएको फुलकुमारी श्रेष्ठ बताउन भयो ।

फुलकुमारी मात्रै हैन वर्षौँदेखि गिट्टी कुटेर जीवन निर्वाह गर्दै आउनु भएकी रत्नकुमारी मगर पनि अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको बारेमा जानकारी नभएको तर सम्मानीत हुदैँछु भन्ने कुरा साथीहरुबाट थाहा पाएको र सम्मानित हुदाँ खुसी लागेको बताउनु भयो ।

भिडभाड र सभा सम्मेलन गरेर कुनै पनि कार्यक्रम नगर्नु भन्ने नेपाल सरकारको निर्देशनअनुसार महिलालाई काम गरिरहेको स्थानमै गएर सम्मान गरेको नगरपालिकाका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझीले बताउनुभयो । उहाँका अनुसार काम गरिरहेकै स्थानमा गएर ६५ जना श्रमिक महिलालाई नगदसहित सम्मान गरिएको छ ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्रा्ष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले ह ड ताल र विशाल जुलु स प्रद र्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्रा्िष्ट्रय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।

प्रतिक्रिया