शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

पत्रकार महासंघ सिन्धुलीलाई कम्प्युटर सहयोग

शनिवार , फाल्गुण २४, २०७६

सिन्धुली, २४ फागुन – उद्योग संघ मकवानपुरका एक सदस्यले पत्रकार महासंघ सिन्धुलीलाई सहयोग गर्नुभएको छ । उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले पत्रकार महासंघ सिन्धुलीलाई ४५ हजार बराबरको एक थान डेक्सटप कम्प्युटर सहयोग गर्नु भएको हो ।

शनिवार पत्रकार महासंघ सिन्धुलीको कार्यालयमा आयोजित एक कार्यक्रमका विच अर्यालले पत्रकार महासंघ सिन्धुलीका सभापति होम कुमार कार्की (राजन) लाई उक्त कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले मकवानपुर देखि आएर पत्रकार महासंघ सिन्धुली शाखालाई सहयोग गरेकामा सहयोगी दातालाई धन्यवाद दिनुभयो । यो सहयोगले मकवाननपुर र सिन्धुलीको विचमा आपसी सद्भाव र भाईचाराको भावनालाई सुढुण पारेको बताउनुभयो ।

उहाँले पत्रकारहरुको हितका निम्ती अक्षयकोष स्थापना गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा सहयोगी दाता अर्याललाई धन्यावद दिदै पत्रकार महासंघका सभापति होम कुमार कार्कीले पत्रकार महासंघ सिन्धुलीमा अक्षयकोष स्थापनाका लागि सम्बन्धित सरोकारवालाहरुसँग छलफल चलिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मकवानपुरका पत्रकार गिरीजा अधिकारी लगाएत सिन्धुलीका एक दर्जन भन्दाबढी पत्रकारहरुको उपस्थिती रहेको थियो ।

मकवानपुरका पत्रकार गिरीजा अधिकारीको पहलमा अर्यालले पत्रकार महासंघ सिन्धुलीलाई सहयोग गर्नुभएको हो ।

प्रतिक्रिया