काठमाडौँ – सिन्धुली सुनकोशी गाउपालिका वडा नं. ५ खहरेखोला स्थित बि.पी. राजमार्ग सडक खण्डमा बस र कार ठो’क्किँदा कारमा सवार पाँचजना घा’इते भएका छन् । घा’इते मध्ये एकजनाको अवस्था ग’म्भीर रहेको छ ।

सिन्धुलीको खुर्काेटबाट काठमाडौँ जादैँ तर्फजादै गरेको बा ३ ख ५७०६ नं. को बस र बिपरीत दिशाबाट आउदै गरेको बा २० च ३४९८ नं.को कार आज दिउसो ११ः५५ बजे एक आपसमा ठ’क्कर खाई दु’र्घटना हुदा कारमा सवार चालक सहित ५ जना र बसमा सवार ३० मध्ये २ जना घा’इते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घा’इतेहरुलाई उपचारको लागि खुर्कोट तर्फ पठाएको प्रहरीले जनाएको छ ।। कारमा सवार रहेकाहरुले लामा संस्कृति झल्कने पोशाक लगाएका कारण उनीहरु लामा समुदायका बासिन्दा रहेको अनुमान गरिएको छ ।बिस्तृत बिबरण आउन बाँकी छ ।