सिन्धुली,– शहिद सम्झना दाहालको २७ औं स्मृती सभा बिहिवार सिन्धुलीमाढीमा मनाईएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (अनेरास्ववीयू) जिल्ला कमिटी सिन्धुलीको आयोजनामा २७ औं शहिद सम्झना दाहाल स्मृती सभा मनाइएको हो ।

अनेरास्ववियू जिल्ला अध्यक्ष गोकर्ण भुजेलको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला सहईन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा नेकपा पार्टी कार्यालय सिन्धुलीमाढीमा एक कार्यक्रमका विच दाहालको २७ औं स्मृती दिवस मनाईएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा सिन्धुली जिल्ला सह– ईन्चाज कमलजंग राईले सम्झना दाहालले राष्ट्रको लागि गरेको योगदानको चर्चा गर्दै उहाँलाई सहिद घोषणा गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । “तत्कालीन अवस्थामा केपी शर्मा ओली गृहमन्त्री भएको समयमा राष्ट्रिय शहिद घोषणा गर्ने अन्तिम तयारी गरेका थियौँ । तर बिडम्बना उहाँलाई हामीले अहिले सम्म राष्ट्रिय शहिद घोषणा गर्न सकेका छैनौ । अव अनेरास्वबियूको अगुवाईमा सम्झना दाहाललाई शहिद घोषणा गर्नको लागि सबै मिलेर पहल गर्नुपर्छ” उहाँले भन्नुभयो ।उहाँले पार्टीका नेताहरुमा काम कम गर्ने तर भाषण धेरै गर्ने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै पार्टीका सवै नेताहरुले भाषणा कम तर काम धेरै गरेर जनताको मन जित्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्का नेकपा जिल्ला सहईन्चार्ज उमा कोइरालाले नेपालको राष्ट्रियताको सबलमा सम्झना दाहालले गरेको योगदान उच्च रहेको भन्दै दाहाललाई सहिद घोषणा गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनु भयो ।नेकपा सिन्धुली जिल्लाका अध्यक्ष लेखनाथ दाहाल राजनले पार्टीको बिधान र मुल्य,मान्यतामा असर गर्नेगरी कुनै पनि निर्णय नगरेको र आगामी दिनमा कुनै गलत निर्णय नगर्ने बताउनुभयो ।

कार्यक्रमा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले शदिहकोे बलिदानीले नेपाल संघिय लाकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्म आईपुगेको भन्दै सहिदहरुले देखाखएको बाटोमा विचलित नभई उनीहरुको सपना पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले शहिद सम्झना दाहालको स्मृती पार्क निर्माणको लागि कमलामाई नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
शहिद दाहालका पिता शेषराज दाहालले राष्ट्रियताको लागि भएको आन्दोलनका क्रममा छोरीले साहदत प्राप्त गर्दा पनि राज्यले अहिले सम्म सहिद घोषणा नगरेर अन्याय गरेको भन्दै दुखेसो पोख्नुभयो ।

राष्ट्रघाती टनकपुर सन्धीका विरुद्धको शान्तिपूर्ण आन्दोलनका क्रममा दाहालले शाहदत प्राप्त गर्नु भएको हो । २०४९ साल फागुन २२ गते सम्पूर्ण तत्कालिन बाम गठबन्धनहरुले टनकपुर सन्धी राष्ट्रघाती भएको ठहर गर्दै संयुक्त रुपमा सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा तत्कालिन सरकारले अन्धाधुन्ध गोली बर्साउँदा सम्झना दाहालको ज्यान गएको थियो ।

२०३२ सालमा जन्मनु भएका दाहाल १७ बर्षको उमेरमा कक्षा ९ मा अध्ययन गर्दैगर्दा शाहदत प्राप्त गर्नुभएको थियो । स्मृतिसभा कार्यक्रम उस्थिती नेकपा नेता कार्यकर्ताहरुले सहिद दाहालको फोटोमा अविर तथा माल्यापर्ण गरेका थिए ।