सिन्धुली,२१ फागुन – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर क्षेत्रीदेखि यातायात व्यवसायि आ’तंकित बनेका छन् ।
उक्त कार्यालयका प्रहरी नायब निरिक्षक (सई) क्षेत्रीले कानुन भन्दापनि जथाभावि ज’रिवाना असुल्ने गरेको यातायात व्यवसायिको गुनासो रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा सिबिल (जनपद)मा दरबन्दि भएका सई क्षेत्री सोर्स लगाएर एक महिनाअघि सिन्धुलीको ट्राफिक प्रमुखमा सरुवा भई आएको खुल्न आएको छ ।
प्रहरी स्रोत अनुसार सरुवा भई आउने बित्तिकै सई क्षेत्रीले सिन्धुलीमाढी चकमके रुटमा चल्ने रातो प्लेटका गाडीलाई बढी समान् बोकेको भन्दै निकै पेलेका थिए । पछि यातायात व्यवसायिसँग भित्रि सम्झौता गरेपछि अहिले त्यत्ति नै सामान् बोक्दा पनि रमिते भएर बसेका छन् । कुनै कारबाही प्रकृया अघि बढाएका छैनन् ।
“जिल्ला मातहतका साना ट्राफिक प्रहरी चेकपोष्टबाट समेत बेला बेलामा रसपान झिकाउने गरेका छन्,” ती प्रहरीले भन्नु भयो , “सहि क्षेत्रीले अहिले अ’राजकता नै मच्चाएका छन् । रातो प्लेटका गाडीमा एकै परिवारका व्यक्ति हिड्दा पनि यात्रु बोकेको भन्दै दुई हजार रुपैयासम्म चिट काटेर दुःख दिएका छन् ।”
ट्याक्टरहरुलाई पनि बिलबुक लगायत सबै कागजपत्र हुदाहुदै पनि स–साना कुरामा निहुँ खोजेर दुई हजार रुपैयादेखि पाँच हजार रुपैयाँसम्म जरिवाना असुल्ने गरेको प्रहरी स्रोतले जनाएको छ । कहिले काँही सबारी चालकले लाईसेन्स बोक्न बिर्सिदा सबारी साधन प’क्राउ परेको बेला घरबाट लाईसेन्स ल्याउछु भन्दा पनि पाँच सयदेखि १५ सय रुपैयासम्म ज’रिवाना गर्ने गरेको सवारी चालकको गुनासो छ ।
एक सबारी धनीले नाम उल्लेख नगर्ने शर्तमा भन्नु भयो, “ट्राफिक प्रहरी नियम भन्दापनि सई क्षेत्रीको दिमाग नै नियममा भर पर्ने गरेको छ ।”
यता ट्राफिक प्रहरी प्रमुख सई क्षेत्री भने नियम बिपरित चलेको र जस्ले बदमासी गरेको छ, त्यस्ता सबारी साधनलाई कारबाही गरेको बताउनु हुन्छ । उहाले भन्नु भयो, “नियमसँगत चलेका सवारी साधनलाई चिन्न सजिलो होस भनेर स्टिकर टाँसेर छाडिएको छ । त्यस्ता लाई केही कारबाही गरिएको छैन ।”
“रातो प्लेटको गाडीले पनि यात्रु बोक्ने हो भने अनुमती पत्र ल्याउनु पर्यो,” उहाँले भन्नु भयो, “पाँच हजार रुपैयासम्म ज’रिवाना गर्ने अधिकार रहेकोले सोही अनुसार कारबाही गरेको हो । नियम बिपिरित, लाईसेन्स, कागजपत्र नभएकालाई सुरुमा सम्झाएर छाडिएको छ । त्यसपछि पनि नमाने चिट काटेर का’रबाही गरेका छौं ।”
उहाँका अनुसार बीपी राजमार्गमा १० पाँग्रे ट्रकलाई १० टन दुई सय केजी र मिनि ट्रकलाई साढे आठ टनभन्दा बढी सामान बोक्ने अनुमती छैन । तर कसैले एक टन बढी, कसैले आधा टन बढी समान् बोकेका हुन्छन् । त्यस्तालाई का’रबाही गरेका छौं ।
सिन्धुली जिल्लामा सञ्चालन हुने अटोमध्ये २० प्रतिशतको लाईसेन्स नरहेको र २० प्रतिशत सबारी साधनको रुट परमिट पनि नभएको उक्त कार्यालयले जनाएको छ ।