शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमाढी देखि सिन्धुलीगढी सम्म वृहत पदयात्रा हुन सकेन

आइतवार , फाल्गुण १८, २०७६

सिन्धुली ,१८ फागुन –कमलामाई नगरपालिका सिन्धुलीले सिन्धुलीमाढी देखि ऐतिहासिक स्थल सिन्धुलीगढी सम्म शनिबार गर्ने भनिएको वृहत पदयात्रा कार्यक्रम स्थगित भएको बताएको छ ।

नेपाल भ्रमण बर्ष २०२० को अवसरमा शनिवार ऐतिहासिक एकिकरण पदमार्ग हुँदै सिन्धुलीगढी सम्म पदयात्रा गर्ने कार्यक्रम नगरपालिकाले तय गरेको थियो । तर सिन्धुलीमाढीमा शुक्रवार देखि प्रथम राष्ट्रिय व्याडमिन्टल प्रतियोगिता सुरु गरिएकाले वृहत पदयात्रा कार्यक्रम पछिलाई सारिएको सामाजिक विकास अधिकृत एवम नगर सुचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो । उहाँ अनुसार पछि कुन मितीमा गर्ने भनेर फेरी वैठक बसेर निर्णय हुने छ ।

भ्रमण बर्षलाई लक्षित गरेर आयोजना गरिएको पदयात्रा कार्यक्रमको मुख्य उद्देश्य सिन्धुलीगढीको प्रचारप्रसार,प्रर्वधन र इतिहास स्मरण गर्नु रहेको उहाँले बताउनुभयो । ऐतिहासिक सिन्धुलीगढी एकिकरण पदमार्गमा हजार नागरिकहरुको गौरवमय पाइलाहरु भनेर आयोजना गरिएको वृहत यदयात्रा अन्तराष्ट्रिय स्तरको कार्यक्रम रहेको उहाँले बताउनुभयो । जहाँ १ सय जना विदेशी नागरिकहरुको समेत सहभागिता रहने छ ।

प्रतिक्रिया