रिठ्ठेभिर (सिन्धुली),१४ फागुन – साँघुरो सडक, त्यही सडकको भित्तामा सेती देवीको मन्दिर । मन्दिर वरपर हजारौंको संख्यामा ऐनै ऐना । बीपी राजमार्ग हुदै यात्रा गर्ने जोकोही व्यक्तिले पनि यतिखेर सुनकोसी गाँउपालिका–५ रिठ्ठेभिरमा यही दृष्य देख्न पाउछन् ।
बीपी राजमार्गमा ठुलाठूला दु’र्घटना हुन थालेपछि उक्त दु’र्घट्नालाई टार्न भन्दै यात्रुहरुले उक्त देवीको नाममा यसरी ऐना चढाउन थालेका स्थानीयको भनाई छ । २०६८ साल सोही ठाँउमा चार वटा सबारी दु’र्घट्ना भएका थिए । बैशाख र असोजमा रिठ्ठे भिरमा भएका दुई वटा सबारी दु’र्घट्ना अहिले पनि सम्झदा जिउ नै सिरिङ हुने स्थानीय बासिन्दा बताउछन् ।
ऐना संरक्षण गर्न बस्नु भएका स्थानीय डम्बर हायुका अनुसार बीपी राजमार्ग निर्माणका क्रममा बनाईएको ट्रयाक सडकमा वैशाख २० गते यात्रुबस रिट्ठेभीरबाट सुनकोसी नदीमा खस्दा १३ जनाको घ’टनास्थलमै ज्या’न गएको थियो । यस्तै सोही बर्षको असोज २६ गते दशै मनाएर काठमाण्डौ फर्कदै गरेका यात्रु बोकेको बस सोही ठाँउबाट सुनकोसी नदीमा खस्दा ४१ जनाले घ’टनास्थल मै ज्यान गुमाए । त्यसपछि त्यस स्थानमा रहेको सेती देबी रिसाएर दु’र्घट्ना बढेको भन्दै उक्त देवीलाई खुशी बनाउन ऐना चढाउन सुरु गरिएको हो ।
“सेती देवीलाई खुसी पार्दा यात्रा सफल हुने र दु’र्घट्ना टर्ने विश्वास छ । त्यहि विश्वासमा सेती देवीलाई सिंगारका सामान ऐना चढाइएको हो,” उहाँले भन्नुभयो, “हाल पाँच हजार भन्दा बढी ऐना बीपी राजमार्गको भित्ता भरी रहेको छ ।” राजमार्ग बन्नु पहिले सेती देवीको मन्दीर राजमार्ग भन्दा तल सुनकोसी नदीको किनारमा मानिस हिड्ने गोरेटो बाटोको भित्तामा थियो । पछि राजमार्ग मन्दीरभन्दा माथिबाट बनेपछि सबारी साधनमा हिड्ने यात्रुले आफुलाई खुल्चेको भन्दै देबी रिसाएपछि दु’र्घट्ना बढेको जनविश्वास रहेको उहाँले सुनाउनुभयो ।
राजमार्ग निर्माणकै क्रममा ठूला ठूला सबारी दु’र्घट्ना भएपछि सडक निर्माण कम्पनी हाज्माले नै उक्त मन्दिर बीपी राजमार्गको भित्तामा बनाई दिएपछि ऐना चढाउन सुरु गरिएको स्थानीयको भनाई छ । सेती देवीका नाममा उक्त मन्दिरमा बा २ ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना चढाएको र त्यहिबाट ऐना चढाउने सुरु भएको उक्त वडाका अध्यक्ष सन्तोष दाहाल बताउनुहुन्छ ।
उहाँका अनुसार ऐना चढाउनुमा अर्को कहानी छ । यि ठूला दु’र्घट्ना भएको केही बर्षपछि ४१ जनाको शव जम्मा पारिएको मूलकोट चौरमा सप्ताह (पुराण) लगाइएको थियो । अघिल्लो र पछिल्लो घ’टनामा मृत्यु हुनेका परिवारजन, मूलकोट र आसपासका बासिन्दाको उपस्थितिमा चलिरहेको सप्ताहमा एउटा अनौठो घ’ट्ना भएको थियो । सप्ताह सुनेर सिन्धुलीतर्फ बसको यात्रामा जादै गरेकी एक महिला रिठ्ठेभिरमा बस रोक्न लगाइन् र झरिन् । बसबाट झरेपछि ‘म सेतीदेवी हुँ’ भन्दै काम्दै सबैसामु आफू सेतीदेवी भएको र आफ्नो बासस्थानमा क्षति पु¥याएपछि मान्छेको भोग लिन थालेको बताइन् ।
हाल ऐना चढाइएको ठाँउमा पुगेर आफ्नो बासस्थान त्यहि भएको जनाएपछि बीपी राजमार्गको भित्ता खोपेर देवीको मन्दिर स्थापना गरी ऐना चढाउने गरिएको र हाल भित्ताभरी ऐना रहेको अध्यक्ष दाहाल बताउनुहुन्छ । उहाँले रिठ्भिर भन्ने वित्तिकै दु’र्घट्ना ग्रस्तक्षेत्रको रुपमा परिचित रहेको उहाँले जनाउनुभयो ।
ऐना चढाउन थालेपछि त्यस स्थानमा दु’र्घट्ना समेत हुन छाडेको स्थानिय बताउछन् । “हामी यो ऐनालाई संरक्षण गर्दै व्यवस्थित गर्न थालेका छौ,’ वडा अध्यक्ष दाहालले भन्नुभयो, ‘हाल हजारौ ऐना यस क्षेत्रमा छ ।” ऐना राख्नुको मुख्य उदेश्य नै सुरक्षित यात्राको कामना भएको उहाँको बुझाई छ ।
सेतीदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठका अनुसार हाल सेती देवीको दर्शन गर्न आउनेको संया दैनिक रुपमा बढ्दै गएको छ । “ठाँउ अप्ठ्यारो छ, त्यहि अप्ठ्यारो र साघुरो सडकमै पार्किङ गरेर सेती देवीलाई ऐना लगायतका सिङगारका सामान चढाउने र दर्शन गर्नेको भिड हुन्छ,” उहाँले भन्नुभयो, “ऐना व्यवस्थित गर्न नजिकै अर्को मन्दिर बनाएका छौ । तर जहाँ आस्था हुन्छ, चढाइने सामानको थुप्रो त्यहि हुदो रहेछ ।” ऐना संरक्षण गर्नका लागि दुई जना पुजारी र संरक्षण कर्ता राखेको उहाँले जानकारी दिनुभयो ।