शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा निर्माण व्यवसायीको चुनाव आज

मंगलवार , फाल्गुण ६, २०७६

हिजोदेखि सुरु भएको निर्माण व्यवसायि संघ सिन्धुलीको आठौ जिल्ला अधिवेशन तथा १० औं साधारणसभामा नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आज निर्बाचन प्रकृया सुरु भएको छ ।

निर्बाचनका लागि बिहान १०: ३० बजेदेखि १२: ३० सम्म उमेद्वारी दर्ता, १२:३० देखि दिउसो १ बजेसम्म उमेद्वारी फिर्ता, २.३० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको निर्बाचन अधिकृत जनक ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल १५५ जना मतदाता रहेको उक्त अधिवेशनमा अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्ष र सह कोषाध्यक्ष पदका लागि निर्बाचन हुन लागेको हो । त्यस्तै उक्त निर्बाचनबाट खुल्ला सदस्य पाँच, महिला सदस्य दुई, जनजाति सदस्य दुई, दलित सदस्य एक र लोपोन्मुख÷तराईबासी सदस्य एक चयन हुने छन् ।

दिउसो एक बजेपछि २.३० बजेको खाली समयमा उमेद्वार बीच सहमति जुट्न नसके निर्बाचन प्रकृयामा गई मतदान सुरु हुने निर्बाचन अधिकृत ढकालले बताउनुभयो । जिल्ला नेतृत्व हत्याउन अध्यक्ष पदमा प्रजातान्त्रिक समूहबाट तुलसीराम श्रेष्ठ र बामपन्थि समूहबाट उदव दाहालको दावी रहेको छ ।

निर्बाचनमा लड्न दुवै समूहले प्यानल बनाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया