सिन्धुली,६ फागुन – कमलामाई नगरपालिकाले सिन्धुलीमाढीदेखि ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म वृहत पदयात्रा गर्ने भएको छ ।
नेपाल भ्रमण बर्ष २०२० को अवसरमा यही फागुन १७ गते ऐतिहासिक एकिकरण पदमार्गमा पदयात्रा गर्ने भएको हो ।
कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा सोमबार बसेको बैठकले फागुन १७ गते ऐतिहासिक एकिकरण पदमार्ग वृहत पदयात्रा गर्ने निर्णय गरिएको सामाजिक विकास अधिकृत एव्म नगर सुचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो ।
भ्रमण बर्षलाई लक्षित गरेर आयोजना गरिएको पदयात्रा कार्यक्रमको मुख्य उद्देश्य सिन्धुलीगढीको प्रचार प्रसार, प्रर्वधन र इतिहास स्मरण गर्नु रहेको उहाँले बताउनुभयो । ऐतिहासिक सिन्धुलीगढी एकिकरण पदमार्गमा हजार नागरिकहरुको गौरवमय पाइलाहरु भनेर आयोजना गरिएको वृहत पदयात्रा अन्तराष्ट्रिय स्तरको कार्यक्रम रहेको उहाँले बताउनुभयो । जहाँ एक सय जना विदेशीहरुको समेत सहभागिता रहने छ ।
गत बर्ष २ हजार १ सय जना आन्तरिक तथा बाह्य पर्यटकले सिन्धुलीगढी भ्रमण गरेका नगरपालिकाले जनाएको छ ।