शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

पुर्नताजगी तालिम

शनिवार , फाल्गुण ३, २०७६

सिन्धुली,३ फागुन – स्थानीय सरकार सञ्चालन ऐन २०७४ कानुनी साक्षरता, लैंगीक समानता र समावेशीकरण तथा मेलमिलापकर्ताहरुका लागी पुर्नताजगी तालिम शुक्रवार देखि कमलामाई नगरपालिका–९ भिमानमा सुरु भएको छ ।

कमलामाई नगरपालिका कार्यालयले मेलमिलाप कर्ताहरुका लागी कानुनी ज्ञान प्रदान गर्नका लागी आयोजना गरेको उक्त तालिमको उदघाटन कमलामाई नगरपालिका कार्यालयका उपमेयर मन्जु देवकोटाले गर्नुभएको हो ।

स्थानीय समस्यालाई स्थानीय स्तरमै समाधान गर्नका लागी मेलमिलाप कर्ताहरुलाई अझबढी कानुनी ज्ञान प्रदान गर्नुपर्ने भएकाले पुनरताजगी तालिम प्रदान गरिएको उपमेयर मन्जु देवकोटाले बताउनुभयो । आज सम्म चल्ने तालिममा कमलामाई नगरपालिकाका वडा नं.८, ९, १०, १३ र १४ नम्बर वडाका मेलमिलाप कर्ता, वडा सचिब र वडाअध्यक्षहरु सहित झण्डै ४० जनाको सहभागीता रहेको कमलामाई नगरपालिका कार्यालयका सामाजिक विकास शाखा प्रमुख बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया