शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अनिश्चित समयका लागि कमलाको भेला स्थगित

शनिवार , फाल्गुण ३, २०७६

सिन्धुली,३ माघ – कमला नगरपालिका–४ ढुंग्रेबासस्थित कमला माध्यमिक विद्यालयको व्यवस्थापन समितिका सदस्यहरु चयन गर्न शुक्रबार राखिएको भेला अनिश्चित समयको लागि स्थगित भएको छ ।

उक्त भेला गणपुरक संख्या नपुगेपछि अनिश्चित समयको लागि स्थगित गर्नु परेको विद्यालयले जनाएको छ । दुई जना महिला सदस्य सहित चार जना सदस्यहरु अभिभावक मध्येबाट चयन गर्न उक्त भेला राखिएको थियो । विद्यालयमा अभिभाव संख्या ४१५ रहेकामा भेलामा एक सय जना पनि उपस्थित नभएपछि अनिश्चित समयको लागि

स्थगित गरिएको विद्यालयका प्रध्यानध्यापक कम्लेस चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरम पुग्न २०८ जना अभिभावकको उपस्थिती आवश्यक थियो ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न सदस्यहरु सात जना सदस्य चयन गर्नु पर्ने हुन्छ । ती सदस्य मध्ये दुई जना वडा कार्यालयले र बाँकी एक जना नगर शिक्षा समितिले मनोनित गर्नु पर्ने हुन्छ । सात सदस्यहरु मध्यबाट अध्यक्ष चयन गरिने कमलामाई नगर शिक्षा शाखाकी अधिकृत हितकुमारी पौडेलले बताउनुभयो ।

कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकाललेको अध्यक्षतामा भएको उक्त भेलामा निबर्तमान अध्यक्ष राजकुमार कार्की र प्रधानाध्याप कम्लेस चौधरीले आ–आफ्नो धारणा राख्नु भएको थियो । सोही अबसरमा गत बर्षको शैक्षिक सत्रको बार्षिक परिक्षामा कक्षा १ देखि १२ सम्मको परिक्षामा प्रत्येक कक्षामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीका अभिभावलाई प्रसंसापत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको छ ।

प्रतिक्रिया