शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

घु’ स रकम सहित सहायक प्रबन्धक प’ क्राउ

शनिवार , फाल्गुण ३, २०७६

सिन्धुली,३ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र,सिन्धुलीमा कार्यरत सहायक प्रबन्धकलाई घु’ स रकम सहित नि’ यन्त्र णमा लि एको छ ।

कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसंग ७५ हजार घु ’स लिईरहेको अ वस्थामा विद्युत बितरण केन्द्र, सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर शेर बहादुर सुनारलाई प क्राउ गरिएको आयोगको कार्यालय बर्दिवासका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अ नुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रवक्ता कोइरालाका अनुसार इन्जिनियर सुनारले उक्त घु ’स र ’कम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खड्कालाई लिन पठाएका थिए ।

घु ’स रकम लिएर खड्का भा ग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले प क्राउ गरेको हो ।

खड्कालाई कमलामाई नगरपालिका – ७ गैरी चोकबाट प’ क्राउ गरिएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । सुनारलाई कार्यालयबाटै प’ क्राउ गरिएको कोइरालाले बताउनु भयो । दुवै जनालाई नि’ यन्त्रणमा लिएर थप अ नुसन्धा न भइरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया