सिन्धुली,३ फागुन– कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवास स्थित मुस्कान होटलमा शुक्रवार एक जना म ृत अवस्थामा फेला परेका छन् । मोरङ घरभएका ५९ बर्षका नेपाली सेनाको पुर्व प्राविधिक प्रमुख सेनानी ज्ञानेन्द्र बहादुर रिजाल मृ त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बिहिवार राती होटलमा खाना आएर सुतेका रिजाल विहान अवेर सम्म पनि नउठेपछि होटल संचालकले प्रहरीलाई खबर गरेर प्रहरी गएर हेर्दा रिजाल मृ त अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । श व होटलबाट पो ष्टमार्टमका लागी सिन्धुली अस्पताल ल्याएपनि मृ तकका आफन्त नआईपुगेकाले अहिले सम्म पो ष्टमार्टम हुन नसकेको उहाँले बताउनुभयो । पोष्टमार्टम नभएकाले के कारणले रिजालको मृ त्यु भएको हो भन्ने खुल्न नसकेको उहाँले बताउनुभयो ।