बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

वडा सभापतिमा श्रेष्ठ चयन

सोमवार , माघ २०, २०७६

सिन्धुली, २० माघ– नेपाली काँग्रेस कमलामाई नगरपालिका–४ को आईतबार सम्पन्न भेलाले उक्त वडाको सभापतिमा सर्बसम्मत समुन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

साविकको कमलामाई नगरपालिका वडा नं. १, २, ५ र ९ लाई मर्ज गरी राज्य पुनर्सम्रचनापछि बनेको उक्त वडाको नेपाली काँग्रेसको समायोजन भेलाले श्रेष्ठलाई सर्बसम्मत सभापतिमा चयन गरेको हो ।

साविकका वडाका काँग्रेसका सभापतिहरु क्रमसः निरन्जन देवकोटा, शंकर श्रेष्ठ, मात्रिका ढकाल र डम्बर कार्की मध्ये ढकाल र कार्कीले सभापति पदको दाबी नछाडेपछि बिकल्पका रुपमा श्रेष्ठ चयन हुनु भएको हो ।

साबिकका चार वटै वडाका सभापतिमध्ये निरन्जन देवकोटा र शंकर श्रेष्ठले आफ्नो दाबी छाडे पनि बाँकी दुई जनाले पदको दाबी गरेका थिए । साविक वडाका चार जना सभापतिबाट नेतृत्वका लागि सहमति हुन नसकेपछि नेपाली काँग्रेस सिन्धुलीका सचिब दिपक घिमिरे, कृष्णप्रसाद दाहाल, पूर्व जिल्ला सचिब उपेन्द्र पोख्रेल र माणिक ढकाललाई नेतृत्व चयनका लागि जिम्मा दिईएको थियो ।

उक्त वडाको सह सभापतिमा साविक चार वटै वडाका सभापति रहने विधानमा व्यवस्था रहेको छ । कार्य समितका बाँकी पदाधिकारी र सदस्यहरु आगामी बैठकबाट निर्णय गराई चयन गराईने सो अबसरमा जानकारी गराईयो ।

वडा सभापतिमा चयन भएपछि श्रेष्ठले आगामी दिनमा नेपाली काँग्रेसको संगठन बिस्तार, युवाहरुलाई काँग्रेसमा भित्र्याउने र काँग्रेसलाई एक ढिक्का बनाउने आफ्नो योजना रहेको बताउनुभयो । काँग्रेसलाई मजबुद बनाउने आफ्नो अर्जुन दुष्टि रहेको पनि उहाँले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया