सिन्धुली ,१७ माघ – सिन्धुलीका विभिन्न ठाउँमा भोलि (शनिवार) ९ घण्टा बत्ति जाने भएको छ । । नेपाल बिद्युत प्रधिकरण सिन्धुली बितरण केन्द्रले आज सूचना प्रकाशित गरि भोलि विहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म बत्ति जाने जनाएको हो ।

प्रकाशित सूचनामा रामेछाप वितरण केन्द्रबाट रामेछाप देखि सिन्धुली सम्मको ३३ केभि लाईनको विभिन्न स्थानहरुमा लाइनको दायाँबाया,लाईइनको मुनि र माथि,लाइनमा छोएको र छुन लागेका रुखका हाँंगाहरु कटानी/फडानी गरिने भएकाले विद्युत आपुर्ति बन्द गरिने भएको जानकारी गराएको छ । ११ केभि माझिटार फिडर
अन्र्तगतको सबै क्षेत्रहरु–सिन्धुलीको माझिटार देखि पुर्वको सबै क्षेत्र,११ केभि बेनी फिडर अन्र्तगतको सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाको सबै क्षेत्रहरु,११ केभि भिमान फिडर अन्र्तगतको भिमान बजार लगाएतको सबै क्षेत्र,११ केभि रानिवास फिडर अन्र्तगतको हर्षाही,टाँडी लगाएको सबै क्षेत्रमा बत्ति जाने सूचनामा उल्लेख छ ।