शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

गौमति माबिमा पुस्तकको अभाव

बिहिवार , माघ १६, २०७६

सिन्धुली,१६ माघ– कमलामाइ नगरपालिकास्थित गौमती माविमा यो बर्षपनि किताबको अभाव भएको छ ।

वर्षेनि कितावको अभाव भइरहदा यो बर्ष पनि प्रथम वर्षमा भर्ना भएको विद्यार्थिहरुले पढाइको पाठ अन्त्य भइसक्दा पनि किताव नपाएको गुनासो गरेका छन । घरबाट पढन भन्दा पनि किताव पाइन्छ कि भन्ने आशमा कलेज आउने गरेको विद्यार्थीहरु बताउछन् । किताव पाएदेखि गृहकार्य गर्न अभ्यासको लागि सजिलो हुने र पुस्तकको अभावकै कारण पढाइमा बाधा पुगेको बिद्यार्थीहरु बताउछन् ।

किताव माग्न जादा केहि समयपछि आउछ भनेको धेरै भइसकेको तर पुस्तक अहिलेसम्म नआएको ब्याचलर प्रथम वर्ष मा भर्ना भएका विद्यार्थी गोविन्द मगरले गुनासो राख्नुभयो । भर्ना भएको लामो समय भइसक्दा पनि पुस्तक एउटा पनि नपाएको उहाँले बताउनुभयो ।

अर्का विद्यार्थी शर्मिला मगरले भन्नुभयो, ‘विहानै उठेर त्यति टाढादेखि पढन आउछौं । किताव विना सुनेको भरमा मात्र पढ्नु पर्ने बाध्यता छ । विद्यालयमा मात्र पढेर हुन्न, घरमा गएर गृहकार्य गर्नलाइ किताव छैन ।’ कितावको समस्या समाधन गर्न विद्यालयले खासै पहल नगरेको उहाँको बुझाई छ । ‘परिक्षा आउन लागि सक्यो तर किताव आउदैन, भर्ना गर्दा कितावको पनि शुल्क काटेको छ । विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइदैन,’ उहाँको दुःखेसो थियो ।

अर्का विद्यार्थी सुजन कार्कीका अनुसार किताव कसैल पुरै पाएको, कसैले एउटै पाएका छैनन् । सरकारले बर्सेनि २ अर्ब रुपैयाँ निःशुल्क पाठ्यपुस्तक व्यवस्थापनमा खर्च गर्दै आएको छ तर कहिल्यै समयमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैन । शैक्षिक सत्र सुरु हुने बित्तिकै पुस्तक नपाएको गुनासो सुनिन थाल्छ । शैक्षिक शत्र सकिन्छ तर यो गुनासो सकिदैन । पुस्तक नै नहेरी विद्यार्थी परीक्षा दिन बाध्य हुने उहाँको भनाई छ ।

शिक्षक नवराज श्रेष्ठले विधालयले विद्यार्थिलाइ पुस्तक नदिदा पठनपाठनमा निकै समस्या भएको बताउनुभयो । पाठयक्रम धेरै नि अघि बढिसक्दा पनि विद्यार्थिले किताव नपाउदा पढाउनको लागि असहज भएको र विद्यालयमा कितावको व्यवस्थापन पनि नभएको गुनासो उहाँको पनि छ । उहाँको अनुसार अघिल्लो श्रेणिको विद्यार्थीले लगेको किताव नबुझाउदा यो समस्या फैलिएको हो । किताव माथिल्लो श्रेणिका विद्यार्थिहरुले लगेका किताव फिर्ता लिनका लागि विद्यालयबाट कुनै पहल पनि नभएको र वितरण प्रणाली पनि भरपर्दो नभएको उहाँको भनाई छ । कितावको समस्यालाइ विद्यालयले समाधान गर्न केहि उपाय खोज्नु पर्ने र प्रशासनले पनि कमजोरी अबको दिनमा सुधार्नु पर्ने उहाँको धारणा रहेको छ ।

प्रतिक्रिया