सिन्धुली ,१६ माघ– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सिन्धुली मरिण गा.पा.वडा नं. ३ बरुण भलायो,ईनारटोल,भित्री स्थितमा अवैध रुपमा लगाईएको गा’जा खेती बुधवार फडानी गरेको छ ।

प्रहरीले बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक श्याम बहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले उक्त स्थानमा अन्दाजी ३ बिघामा रहेका गाँ’जाको बोट र काटेर सुकाएको तयारी ४ क्युन्टल गा’जाँ पुर्ण रुपमा फडानि तथा नष्ट गरेको जिल्ला प्रहरी कर्यालय सिन्धुलीले जनाएको छ ।

विगतका वर्षहरुमा समेत अवैध रुपमा लगाईने गरिएको गा’जा खेती प्रहरीले बेला बेलामा नष्ट गर्दै आएको थियो ।

