शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

राम एकवाल पण्डित मनोमानी ढंगले प्रध्यानाध्यापक भएको आरोप

बुधवार , माघ १५, २०७६

सिन्धुली – कमलामाई नगरपालिका ३ स्थित जलकन्या माध्यमिक विद्यालयका शिक्षक राम एकवाल पण्डित मनोमानी ढंगले प्रध्यानाध्यापक भएको आरोप लागेको छ । तत्कालिन प्रध्यानाध्यापक कृष्ण प्रसाद चौलागाईलाई जथाभावि तरिकाले दम्भ देखाइ जवरजस्ती हटाएर आफु प्रध्यानध्यापक भएको आरोप लागेको हो ।

गत पुष २८ गते तत्कालिन प्रध्यानाध्यापक चौलागाईलाई वडा अध्यक्ष सहित ३ जनाले वडा कार्यालयमा ढोका बन्द गरेर जथाभावि तरिकाले दम्भ देखाइ राजिनामा दिनु भनेका थिए । चौलाईले राजिनामा दिन नमानेपछि विद्यालय व्यवस्थापन समितिले दम्भकोे पारामा प्र.ह हटाईको निर्णय लेखि राम एकवाल पण्डितलाई निमित्त प्रध्यानाध्यापक तोकेको थियो ।

निमित्त प्रध्यानाध्यापक पण्डितले पनि दम्भकै पारामा बज वुजारथ नलिइ पुरानो अफिसको ताल्चा काटेर नयाँ ताल्चा लगाइ मनोमानी ढंगले आफु प्रध्यानाध्यापक भएको भनि विद्यालयको सार्वजनिक विदा जस्तो सुचनामा प्रध्यानाध्याकको हस्ताक्षर गरेको नेपाली काग्रेस जलकन्या वडा कार्य समितीका वडा सभापती कमल प्रसाद सिग्देल द्धारा हस्ताक्षरित प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विद्यालयमा आजको मिती सम्म क्रमस रुपमा ३ जना सम्म विद्यालय लेखापालको पदमा नियुक्त दिए पनि अहिले सम्म लेखापालले लेखापालको काम नपाई÷नदिइ पढाउन पठाइएको स्थििती रहेको हुंदा यि विषय माथि नेपाली काग्रेस वडा इकाइ कमिटी घोर भत्सना गर्दछ । विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा नेपाली काँग्रेस विद्यालयको हित विपरित कदापी नजाने बताईएको छ । विद्यालय जस्तो गरिमामय पवित्र मन्दिरमा मनोमाानी ढंगबाट विद्यालय संचालन गर्ने/गराउने कार्य भइरहेमा नेपाली काग्रेस जुनसुकै कार्य गर्न पछि नपर्ने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया