शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

तराईबाट पहाड सर्दै जंगली जनाबर

सोमवार , माघ १३, २०७६

सिन्धुली,१३ माघ– सिन्धुली जिल्लाको महाभारत क्षेत्रको जंगलमा तराई जिल्लामा पाईने जंगली जनाबरहरु बढ्दो रुपमा देखा पर्न थालेको छ ।

जलबायु परिर्वनसँगै महाभारत क्षेत्रमा तापक्रम पनि बढ्दै गएपछि केही बर्ष पहिलेसम्म तराईका जंगलमा मात्र पाईने बँदेल, दुम्सी, घोरल र हरिण जस्ता जनाबर सर्दै आएको बिज्ञको भनाई पाईन्छ ।

“१० बर्ष पहिलेसम्म लेखमा बँदेल जादैनथ्यो, तराईमा मात्र पाईन्थ्यो,” डिभिजन वन कार्यालय मरिण सिन्धुलीका प्रमुख लोकराज नेपाल भन्नुहुन्छ, “जलबायु परिर्वतनसँगै महाभारत जंगलमा समेत गर्मी बढ्दै गयो, त्योसँगै जनाबर पनि तराईबाट क्रमसः बिस्तारै सर्दै आएका छन् ।”

जलबायु परिवर्तनको असरले जनाबर मात्र नभई तराईमा पाईने रुखबिरुवा समेत सर्दै आएको उहाँको बुझाई छ । “पहाडी भेगमा पाईने जनाबर भनेको चितुवा र भालु हो”, कार्यालय प्रमुख नेपालले भन्नुभयो, “बाघ त पहाडी भेगमा सरेको छैन, घाँस खाने जनाबरहरु सर्दै आएका छन् ।”

जिल्लाको महाभारत क्षेत्र जंगल नजिकका बस्तिमा जंगलबाट निस्किएका जनाबरले निकै दुःख दिएको स्थानीय किसानहरु बताउछन । घ्याङलेख गाँउपालिका अध्यक्ष जगतबहादुर भोलन उक्त गाँउपालिका अन्तर्गत जङगल छेउका बस्तिहरु पश्चिउटार, छर्छरे, चिउरीबास, बोक्टेनी र बस्तीपुर लगायत ठाँउका किसानलाई बँदेल र दुम्सीले निकै दुःख दिएको बताउनुहुन्छ ।

पाँच/सात बर्ष पहिलेसम्म गाँउमा बँदेल देख्न निकै मुस्किल पर्ने उहाँले बताउनुभयो । “तीन/चार बर्ष भयो, बँदेलले निकै दुःख दिएको,” उहाँले भन्नुभयो, “बँदेलकै दुःखले लेक छेउका किसान ठाँउ नै छाडेर हिडी सके । मान्छेले बँदेल लेखेट्ने होईन, उल्टै बँदेलले मान्छे लखेटेको अवस्था छ ।”

गत भदौमा रामपुर खोलाको बगरमा बसिरहेको अवस्थामा जंगलबाट निस्किएको बँदेलले आ’क्रमण गर्दा स्थानीय ३५ बर्षिय कृष्ण घिसिङको घटनास्थलमै ज्या’ न गएको र अर्का १३ बर्षिय बालक कान्छामान घिसिङ सामान्य घा’ईते भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया