सिन्धुली,१३ माघ – जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सेवाग्राहीहरुले अब फिल्टर गरेको शुद्ध खानेपानी २४ सै घण्टा खान पाउने भएका छन । जिल्ला प्रसासन कार्यालय सिन्धुलीले फिल्टर र शिद्धेस्वर खानेपानि उपभोक्ता समितिले संयुक्तरुपमा २४ सै घण्टा खानेपानीको ब्याबस्था गरेको हो ।
उक्त सेवाको आईतबार प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम र सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले संयुक्त रुपमा उदघाटन गर्नु भयोे ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिनेको संख्या बढी हुनेभएको हुनाले सेवा ग्राहीहरुको समस्यालाई मध्येनजर गरी शिद्धेस्वर खानेपानि उपभोक्ता समिति सिन्धुलीले २४ सैँ घण्टा खानेपानीको ब्यबस्था गरेको शिद्धेस्वर खानेपानी उपभोक्ता समिति सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताउनु भयो ।
उहाँले यस अघिनै सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै सिन्धुली अस्पताल सिन्धुलीमा २४ सै घण्टा खानेपानीको ब्यबस्था गरीसकेको पनि जानकारी दिनुभयो । अबको दिनहरुमा सेवाग्राहिको चापको आधारमा अन्य संघसंस्था, कार्यालय,शैक्षिक संस्था,सार्वजनिक स्थलहरु मठ मन्दिर लगाएतको ठाउहरुमा आबश्यक्ता अनुसार शुद्ध खानेपानी पु¥याउने लक्ष्य रहेको र सोहि अनुरुप सेवाग्राहिलाई खानेपानीको समस्या नहुने श्रेष्ठले बताउनु भयो ।