बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकाली मन्दिर नजिक ढुंग्रेबञ्जयाङमा माइक्रोबस दुर्घ ट्ना हुँदा एकजनाको ज्यान गएको छ । आज विहान करिब साढे सात बजे सबारी दुर्घ ट्ना हुदा एक जनाको ज्यान गएको हो । अन्य १२ जना भने घा ईते भएका छन् ।
झापाबाट काठमाण्डौ जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस सडकबाट अन्दाजी ३५ फिट तल खस्दा काठमाण्डौ महानगरपालिका–११ निवासी ३५ बर्षिय मोहन महर्जनको घट्नास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै, दुई जनाको अवस्था भने ग म्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घ टनमा परी अन्य १० जना यात्रु घा ईते भएका छन् । घा ईते सबैको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भई रहेको छ । तीब्र गतीका कारण हायस दुर्घ ट्ना भएको हुन सक्ने अनुमान गरिएको छ ।