शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

एउटै छाना मुनी चार वटा सरकारी कार्यालय

बिहिवार , माघ ९, २०७६

सिन्धुली, ९ माघ– जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा एसियाली विकास बैंकको सहयोगमा एकिकृत सरकारी भवन निर्माण कार्य सम्पन्न भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सहरी विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला हुलाक कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको भवन निर्माण सम्पन्न भएपछि बुधबार निर्माण कम्पनिले सम्बन्धित कार्यालयलाई साँचो हस्तान्तरण गरेको छ ।

निर्माण कम्पनी सिद्धबाबा/लुिम्बनी/धुलीखेल जेभिले आर्थिक बर्ष ०७३/०७४ देखि निर्माण सुरु गरी आर्थिक बर्ष ०७६/०७७ मा एउटै छातामा चार वटा सरकारी कार्यालयको निर्माण सम्पन्न गरेको हो । शिद्धबाबा निर्माण कम्पनिका प्रमुख दिपक कार्कीले सम्बन्धित कार्यालयका प्रमुखलाई साँचो हस्तान्तरण गर्नु भएको हो ।

यि भवन निर्माण गर्न भ्याट सहित १४ करोड ७१ लाख ८० हजार ९८६ खर्च भएको उहाँले जानकारी दिनुभयो । उहाँले भवन निर्माणका लागि भ्याट सहित १४ करोड २७ लाख ३६ हजार ७०६ रुपियामा सम्झौता भएको उहाँले बताउनुभयो । बीचमा निर्माण सामग्रीको मूल्य बृद्धि भएकोले लागत बढेको उहाँको भनाई छ ।

शिद्धबाबा निर्माण कम्पनिले सिन्धुली जिल्लामा यस अघि विभिन्न किसिमका १० वटा सरकारी भवन बनाई सकेको पनि व्यवसायि कार्कीले बताउनुभयो । निर्माण कम्पनिले भवन बुझाए पनि नयाँ भवनबाट सेवा प्रबाह गर्न अझै केही समय लाग्ने सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गा घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया