काठमाडौं ,८ माघ– चर्चित हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरीको का’रबाहीमा पर्नु भएको छ । कार सिट बेल्ट नलगाइ चलाएको उहाँलाई ट्राफिक प्रहरीले चि’ट का’टेको हो ।
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ गत सोमबार बिहान करिव ८ बजे इमाडोलस्थित घरबाट साथीलाई भेट्न बानेश्वर जादै हुनु हुन्थ्यो ।
हतारमा सिटबेल्ट लगाउन बिर्सिनु भएछ । संयोगबस त्यही दिन ग्वार्को चोकमा छड्के चेकिङ पर्नु भयो ।
“ग्वार्को चोकमा पुगेपछि ट्राफिक प्रहरीले मेरो गाडी रोक्नुभयो र गाडी साइड लगाउन भन्नुभयो,” घिमिरेले भन्नु भयो ।
ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान सन्तोष चौधरीले घिमिरेलाई कसुर सम्झाएर ५ सयको चि’ट काटिदिनु भयो ।

बुधवार ज’रिवाना तिर्न जाँदा घिमिरेले महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम प्रसाद ढकाललाई नै भेटेर प्रहरीको राम्रो व्यवहार प्रती कृतज्ञता व्यक्त गर्नु भयो ।
ढकालले उहाँलाई चि’ट काट्ने ट्राफिक प्रहरीसँग पनि भेट गराइदिनु भयो । “हामीले प्रहरीको अभिनय गर्दा निकै क’डा देखाउछौं । उहाँ निकै नम्र लाग्यो, त्यसैले धन्यवाद दिन मन लाग्यो,” घिमिरेले भन्नु भयो।
आफूलाई जति नै हतार भएपनि अबदेखि ट्राफिक नि’यम पालना गर्ने घिमिरेले प्रतिवद्धता जनउनु भयो ।