सिन्धुली८ माघ –– जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्लामा कार्यरत पत्रकारहरु बीच बुधबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सिन्धुलीमा भर्खरै सरुवा भई आउनु भएको प्रहरी उपरिक्षक रन्जु सिग्देल र प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्री बीच भेटघाट तथा चिनजान गर्ने उद्देश्यले उक्त छलफल कार्यक्रम आयोजना गरिएको उक्त कार्यालयले जनाएको छ ।
सो अबसरमा प्रहरी उपरिक्षक (एसपी) सिग्देलले यातायात व्यवसायिसँग पैसा असुल्ने संस्कार नै बस्ला भन्ने डर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमाण सहित कारबाही गरेर देखाउछु ।” एउटा बोरामा एउटा आलु कुहियो भने बोराको सबै आलु कुहिने बताउदै एउटा प्रहरीले गल्ति गर्दा संगठनकै बद्नाम हुने उहाँको भनाई थियो ।
“व्यक्तिगत स्वभावले सम्बन्ध फरक हुन भएन”, उहाँले भन्नुभयो, “प्रहरी र पत्रकार बीच पेशागत सम्बन्ध कायम राख्न सधै प्रतिबद्ध छु ।” सो अबरमा उहाँले अब जिल्लामा प्रहरी प्रबक्ताको रुपमा भर्खरै सरुवा भएर आउनु भएका डिस्पी श्यामबहादुर खत्री रहनु भएको उहाँले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा पत्रकारहरुले प्रहरी प्रशासन प्रेसरमा नभई न्यायमा चल्नु पर्ने बताएका थिए । पत्रकार बुद्धकुमार आछामेले भन्नुभयो, “प्रहरीले जनताको मन जित्नु प¥यो, न्यायका लागि जनताले नेता समाउनु नपरोस ।”
बीपी राजमार्ग अवैद्य सामान ओसारपासरको अखडा बन्दै गएकोले सिमा सुरक्षा र सडक सुरक्षामा ध्यान दिन पत्रकारहरुले सुझाव दिएका थिए ।