सिन्धुली, ३ माघ– सिन्धुली जिल्लाको महाभारत क्षेत्रका किसानहरु जंगली ज नाबरबाट है रान बनेको छन् ।
जंगल नजिकका बस्तिमा किसानले लगाएको बालिनाली बँदेल, दुम्सी जस्ता जनाबर आएर न ष्ट गर्नुका साथै मानिसलाई समेत बेलाबेलामा आक्रमण गर्ने गरेको स्थानीय बासिन्दा बताउछन् ।
घ्याङलेख गाँउपालिका अध्यक्ष जगतबहादुर भोलन उक्त गाँउपालिका अन्तर्गत लेख छेउका बस्तिहरु पश्चिउटार, छर्छरे, चिउरीबास, बोक्टेनी र बस्तीपुर लगायत ठाँउका किसानलाई बँदेल र दुम्सीले निकै दुःख दिएको बताउनुहुन्छ । ‘बँदेलकै दुःखले धेरै मान्छे गाँउ छाडेर हिडिसके’ उहाँले भन्नुभयो, ‘जंगलछेउमा दुई चार घर हुनेहरु त ठाँउ नै छाडेर हिडिसके । मान्छेले बँदेल ल खेट्ने होईन, उल्टै बँदेलले मान्छे ल खेटेको अवस्था छ ।’
गत भदौमा रामपुर खोलाको बगरमा बसिरहेको अवस्थामा जंगलबाट बँदेल निस्किएर आ क्रम ण गर्दा स्थानीय ३५ बर्षिय कृष्ण घिसिङको घटनास्थलमै ज्या न गएको र अर्का १३ बर्षिय बालक कान्छामान घिसिङ सामान्य घा ईते भएको उहाँले जानकारी दिनुभयो । मृ तकको परिवारलाई गाँउपालिकाले ५० हजार रुपिया क्ष तिपूर्ति दिएको गाँउपालिका अध्यक्ष भोलनले जानकारी दिनुभयो । जंगलछेउका किसानले रोपेको मकै त एक दानुपनि भित्र्याउन नपाएको किसानको गुनासो छ ।
बदेलको आक्रमणबाट ज्यान गुमाएका मृ तक कृष्ण घिसिङको परिवारलार्ई सोमबार क्षेतिपूर्ति स्वरुप १० लाख रुपिया सहयोग गरिएको छ । मृतक घिसिङको परिवार लिलिमायालाई सहयोग प्रदान गरिएको हो । मृतकको परिवारलाई घ्याङ्लेख गाउँपालिका प्रमुख जगतबहादुर भोलन लगायत सरोकारवालाहरुको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १० लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।
डिभिजन वन कार्यालय मरिणको सिफारिसमा क्षेत्रीय वन निर्देशनालयबाट प्राप्त रकमको चेक मृ तकको परिवारलाई प्रदान गरिएको वन कार्यालय मरिणका प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो । जंगली जनवारको आ क्रमणमा परी ज्यान गुमाएका परिवारलाई सरकारले १० लाख रकम सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
पछिल्लो समय जलबायु परिर्वतनको असरसँगै तराईमा पाईने जंगली जनाबरहरु पहाडी क्षेत्रका जंगलमा सर्दै आएको उहाँको भनाई छ ।