सिन्धुली,२७ पुस– नेपाल शिक्षक संघ सिन्धुलीकोको घ्याङलेख गाँउपालिकास्तरिय दोस्रो प्रतिनिधिसभा शनिबार बस्तीपुरमा सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ घ्याङलेख गाँउपालिकाका अध्यक्ष अर्बिन्द थिङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाँउपालिका अध्यक्ष जगतबहादुर भोलन, नेपाल शिक्षक महासंघका सहअध्यक्ष रमेशप्रसाद देवकोटा, नेपाल शिक्षक संघ सिन्धुलीका अध्यक्ष अरुणकुमार थिङ, शिक्षक संघ जिल्ला प्रतिनिधि बलराम बराल, शिक्षक युनियनका निर्बतमान् अध्यक्ष लेखबहादुर बस्नेत लगायतको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल शिक्षक संघको एक बर्षभित्र भएको आर्थिक तथा सांगठनिक अवस्था र नेपाल सरकारसँग भएको सहमति बारे जानकारी गराउने उद्देश्यले उक्त प्रतिनिधि सभा भएको आयोजकले जनाएको छ ।