सिन्धुली, २६ पुस –कुनै समय थियो,गाउँका घरघरमा झोलामा चिठीपत्र बोकेर हुलाकी अर्थात हल्करा आउने पुग्दथे । प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन जिल्लामा हराइसकेको छ ।
सिन्धुली स्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक उपयोगिताविहीन बनेको छ । विगतमा अति उपयोगी र प्रभावकारी सञ्चारसेवा गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै गएको हो । चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ–नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको जनाइएको छ ।तिनपाटन गाउँपालिकाका वृद्ध ७० वर्षीय चन्द्र बहादुर रोकाहले भन्नुभयो, “हुलाक दाइ गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठीपत्र थियो ।” अहिले नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन ।
कमलामाई नगरपालिका–५ का १७ वर्षीया कृपाल थापाले भन्नुभयो, “हुलाक भनेको सुनेको छु तर यसको काम के हो ? कुनै जानकारी छैन । ” उहाँलाई अहिलेसम्म हुलाक सेवा आवश्यकता परेको छैन ।
गाउँ गाउँमा हुलाक कार्यालय थिए । अहिले जिल्लामा करिब बाह« वटा इलाका र ४२ वटा अतिरिक्त कार्यालय रहेको छन् । जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा जिल्ला हुलाक कार्यालय यथावत रहेको छ ।
व्यक्तिका चिठीपत्र आदानप्रदान हुन छाडे पनि डाँकसेवा, काममा जिल्ला हुलाक कार्यालयले काम गर्ने गरेको छ ।
तर सिन्धुलिमा जिल्लामा पार्सल कोे सेवा रहेको छैन अबको केहि समयमा पार्सलको पनि व्यवस्था गर्ने जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र प्रसाद प्याकुरेल ले बताउनु भयो ।
त्यस्तै जिल्ला हुलाक कार्यालयका नासु कृृष्ण बिक्रम थापाका अनुसार डाँक सेवाअन्तर्गत यहाँबाट धनुषा, बर्दिवास,ओखलढुंगा,उदयपुर, रामेछाप,दोलखा,रामेछापमा काठमाडौँ र छिमेकि मुलुक भारत सम्म सेवा दिने गरेको छ भने सिन्धुली जिल्लाको बेलघारि, भिमस्थान बाहुनतिल्पुङ,सोल्पा र कमलाखुज र मरिण, खुर्कोट,गढतिर आसपासका क्षेत्रमा हुलाकी अर्थात हल्करा द्वारा सेवा दिएको छ ।
विगतमा कागजात, पठाउने गरेको भए पनि सञ्चार क्षेत्रको विकाससँगै उक्त चिठीपत्र पठाउन रोकिएको बताइएको छ । विगतमा हुलाक कार्यालयमा महिनामा औषत तीन हजार भन्दा बढिको को संख्यामा डाककोे काम हुने गरेको भए पनि अहिले भने सरकारी कार्यालयका पत्र बाहेक अन्य कसैका पनि व्यक्तिगत चिठीपत्र आउने थापाले बताउनु भयो ।
चिठीपत्र नहुँदा यहाँको जिल्ला हुलाक कार्यालय सिन्धुलीका कर्मचारी हिजोआज रितो डाँक पठाउन बाध्य भएका छन् । यहाँबाट पुर्वामाञ्चल प्रदेशका सबै जिल्ला तथा केन्द्र अर्थात् काठमाडौँमा समेत हुलाक डाँक जाने भए पनि चिठीपत्र कसैले नपठाउँने जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख राजेन्द्र प्रसाद प्याकुरेल ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इन्टरनेट तथा विभिन्न सञ्चार सेवामा पहुँच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको र चारैतिरबाट डाक को व्यवस्था नभएको छिटो छरितो नभएको जस्ता समस्या भोग्नुपरेको छ साथै सिन्धुलि बाट आसपासका जिल्ला र राजधानिमा पत्र पठाउन असहज भएको छ । पत्र पठाउदा बि.पि.राजमार्गबाट आफनो हुलाकि कार्य अघाडि बढाए सहज हुने प्याकुरेल ले भन्नुभयो ।