शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

छात्रवृतीको लागी अक्षयकोष स्थापना

आइतवार , पौष २०, २०७६

सिन्धुलीको कमलामाइ नगरपालिका ५ फोस्रेटारमा रहेको जनज्योती माध्यामिक बिद्यालयमा दुई वटा छात्रावृती अक्षयकोष स्थापना भएको छ ।

सिन्धुलीको कमलामाइ नगरपालिका ५ मिलनचोक निवासी राजन कोइराला र प्रतिष्ठा कोइरालाले छुट्टाछुट्टै अक्ष्यकोषको स्थापना गर्नुभएको हो । उहाँहरु श्रीमान श्रीमती हुनुहुन्छ । आइतवार एक कार्यक्रम गरी उहाँहरुले अक्षयकोषको चेक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष माणिक ढकाल र प्रचार्य भीम बिक्रम थापा लाई हस्तान्तरण गर्नु भएको छ ।

जनज्योती माध्यामिक बिद्यालयमा नै जीवनको लामो समय अध्यपन गराउनु भएका राजन कोइरालाले आमा रामकुमारी कोइरालाको जन्मदिनको अवसर पारेर १लाख १ हजार रुपैयाको ‘रामकुमारी कोइराला’ छात्राबृती अक्षयकोष स्थापना गर्नु भएको छ ।

अक्षयकोषमा जम्मा भएको रकमको ब्याज बाट प्राप्त हुने रकमले प्रत्येक वर्ष कक्षा १२ मा उत्कृष्ठ हुने एक/एक जना छात्रछात्रा लाई छात्रबृती प्रदान गरिने उहाँले बताउनु भयो ।

यसैगरी प्रतिष्ठा कोइरालाले आफनो बुबाआमाको सम्झनामा १ लाख १ हजार रुपैयाको ‘उमनाथ शास्त्री सिन्धुलीय लालित्यदेवी स्मृती’ छात्रबृती अक्षयकोषको स्थापना गर्नु भएको छ । कोषमा राखिएको रकमको ब्याज बाट प्राप्त हुने रकमले प्रत्येक वर्ष कक्षा ११ मा उत्कृष्ठ हुने एक/एक जना छात्रछात्रा लाई छात्रबृती प्रदान गरिने बिद्यालय प्रचार्य भीम बिक्रम थापा जानकारी दिनु भयो ।

प्रतिक्रिया