शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दुर्गेश थापा सिन्धुली आउँदै

शनिवार , पौष १९, २०७६

पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धुलीको गोलन्जोर – ७, खुर्कोटमा शुरु भएको प्रथम बृहत सिन्धुली खुर्कोट महोत्सव भोली समापन हुदैँ छ ।

खुर्कोटको दिगो विकास अर्थतन्त्रको अधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पूर्वाधार भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा ख्याति प्राप्त कलाकारहरु आइसक्नु भएको छ ।

खुर्कोट बजार व्यवस्थापन संस्थाको आयोजनामा संचालन भएको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित कृषि, पर्यटन, औद्योगिक, सास्कृतिक तथा जुनार महोत्सवमा भोली चर्चित कलाकार दुर्गेश थापा आउने हुनु भएका छ । थापा सहित सन्जिला रेग्मी, सन्तोष दवाढी, अभिषेक लामाको साथै सिन्धुली डान्स ग्रुपको अभिनय रहने आयोजकले जनाएको छ । साथै सिन्धुलीको स्थानिय कलाकारले पनि अभिनय गर्नेछन् ।

प्रतिक्रिया