भगवती अंग्रेजी माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ इच्छुक विद्यार्थीहरुलाई आ–आफ्नो धर्म संस्कृति र भेषभूषा झल्कने जातीय पोशाक लगाएर महिनाको अन्तिम मंगलवार विद्यालय आउने नयाँ कामको थालनी गरेको छ । यस कार्यले विद्यालय पोशाकमा सँधै टाइ लगाएर आउनु पर्ने बाध्यता हटेकोमा विद्यार्थीहरु खुसी भएको प्रतिक्रिया विद्यार्थीहरु बाट पाइयो । यसका अतिरिक्त विद्यार्थीहरुले मंगलबारका दिनविद्यालयमा आफ्नो मातृभाषा समेत निर्धक्कसँग बोल्न पाउने छन् र यसरी अंग्रेजी भाषा अनिवार्य बोल्नुपर्ने बाध्यता कम्तीमा १ दिनभने पनि घटेकोमा र मातृभाषा बोल्न पाएकोमा विद्यार्थीहरु समेत हर्षित छन् र सम्भवत यो कार्य देशमै नविनतम् भएको हुन सक्छ ।
यस्तो नविनतम् कार्यको सुरुवातका विषयमा विद्यालयका प्रिन्सिपल कृष्ण कुमार उप्रेतीले भन्नुभयो“हाम्रो देश नेपाल चारजात छत्तीस वर्णको साझाफुलवारी भए झैँ हाम्रो विद्यालयमापनि विभिन्न जातजाति, भाषाभाषी र धर्मसंस्कृति मान्ने विद्यार्थी पढ्न आउने यो साझा घर हो र सम्पूर्ण विद्यार्थीहरु माझमा सामाजिक सद्भाव र भाइचाराको विकास गर्न र सबै धर्म संस्कृति, भाषा–भाषीको सम्मानगर्न र एक अर्काका बीचमा फरक धर्म संस्कृति भाषाभाषी र भेषभूषाको बारे जानकारी गराउन र आत्मीयताको विकास गराउन यो कार्यको सुरुवात गरिएको हो” ।
यस साथसाथै सबै खाले धर्म, संस्कृति, भाषा–भाषी र धन संस्कृतिलाई सम्मान गर्नुपर्ने, धर्मसंस्कृति परम्परा र चाडवाड आ–आफ्नो तरिकाले मानी संरक्षण गर्नपर्ने र अधिकार भन्दा कर्तव्यलाई भुल्न नहुने समेत प्रिन्सिपलले विद्यार्थीहरुलाई जानकारी गराउनुभयो ।
स्मरण रहोस् ६ वर्ष अघिदेखि यस विद्यालयले विद्यार्थीहरुलाई GoodMorningको सट्टा नमस्कार भन्ने कामको थालनी गरी निरन्तरता दिँदै आएको छ । यसका साथै आगामी शैक्षिक सत्र २०७७ बाट विद्यालयले मातापिताप्रति सम्मान र कर्तव्यबोध गराउन“विद्यालयमा बुबा–आमासँग छोरा–छोरी” भन्ने कार्यक्रमको पनि नेपालका विद्यालयमा पहिलो र नविनतम् थालनी गर्ने योजना रहेको विद्यालयका प्रिन्सिपलले वताउनुभयो ।