शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

मध्यपहाडी लोकमार्गमा जिप दुर्घटना

शुक्रवार , पौष १८, २०७६

मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउपालिका ३ सुलिभन्ज्याङ मा फोर्स जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन् ।

खोटाङ बाट काठमाडौ हिडेका ना १ ज ७९५२ नम्बरको फोर्स जिप गोलन्जोर गाउपालिका ३ सुलिभन्ज्याङ भन्ने स्थानमा शुक्रवार राति ७ः३० बजे आफै अनियन्त्रित भई सडकबाट अ. २० मिटर तल खसि दुर्घटना हुदा उक्त बसमा सवार १५ जना मध्ये चालक सहित ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते अवस्था सामान्य रहेकाले सुनकोसी सामुदायीक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ । र्घाइते हरुमा चालक जिल्ला खोटाङ मझुवागढी नगरपालिका वडा नं. १३ बस्ने वर्ष ३० को डिक व. तामाङ टाउकोमा चोट सामान्य । खोटाङ बाक्सिला गाउपालिका ४ बस्ने वर्ष ३८ की तेजमाँया राई कुममा चोट सामान्य । सोहीठाउ बस्ने वर्ष २७ की सुरिला लिम्बु आँखामाथी चोट सामान्य र वर्ष ३८ की तरा राई घाँटीमा चोट सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया