क्षेती ग्रस्त पहिलेको स्वास्थ्य संस्था
भूकम्प गएको साढे ४ बर्ष बितिसक्दा समेत सिन्धुलीमा स्वास्थ्य संस्था पुनःनिर्माणले गति लिन सकेको छैन् । साविकको जिल्ला जनस्वास्थ्य कार्यालयका तत्कालीन सूचना अधिकारी बिरेन्द्र मण्डलका अनुसार जिल्लामा १२ ओटा स्वास्थ्य संस्थाको भवन पुर्ण र २९ ओटा स्वास्थ्य संस्थाको भवन अांशिक रुपमा क्षति भएको तथ्याङक छ । तर स्थानीय तह कार्यन्वयनमा आएसंगै भूकम्पबाट क्षेती भएका तथा पुनःनिर्माण हुदै गरेका स्वास्थ्य संस्थाको आधिकारिक तथ्याङक, जिल्ला आयोजना कार्यन्वयन ईकाइ भवन सिन्धुली संग नभएको पाईयो ।
भुकम्पले क्षेती गरेको सुनकोशी गाउँपालिका ५ स्थित बन्दिपुर हेल्थपोष्ट हाल सम्म पनि पुनःनिर्माण नहँुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । डेढबर्ष देखि सुनकोशी गाउँपालिकाको सहयोगमा भाडाँमा लिएको दुई कोठे भवनबाट सेवा प्रवाह हुँदै आएको भएपनि व्यवस्थित भवनको अभावमा सेवा दिने स्वास्थ्यकर्मी र सेवा लिने नागरिक दुबैलाई सहज नभएको स्थानीयबासीले बताएका छन् । स्वास्थ्य सेवा लिन र दिनका लागी आवश्यक व्यवस्थित स्वास्थ्य भवन,पानी, शौचालय,बिजुलीबत्तिको समेत समस्या गरेको बन्दिपुर हेल्थपोष्टका अहेव मुकेश दाहालले बताउनु भयो ।
भूकम्प गएको बर्ष, सिधा उभिदा टाउको छुने,टहराको चिसो बसाईका कारण गाउँलेले रुघाखोकी,ज्वरोे,झाडापखाला जस्ता अनेकौँ समस्या झेल्नु परेको थियो । सुनकोशीका नातिबाबु मगरले बिगत स्मरण गर्दै भन्नुभयो,“अहिले पनि स्वास्थ्य संस्था पुनःनिर्माण हुननसक्दा उस्तै समस्या झेल्नु परेको छ ।”सामान्य स्वास्थ्य उपचारको लागि पनि घन्टौ हिडेर स्वास्थ्य सेवा लिन रातमाटा,धुलिखेल अस्पताल जानु परेको उहाँको भनाई छ ।
[caption id="attachment_92235" align="alignnone" width="960"]
निर्माणधिन बन्दिपुर स्वास्थ्य संस्था ,[/caption]
यस्तै घ्याङलेख गाउँपालिका–५,स्थित शान्तेश्वरी स्वास्थ्यचौकी पनि भुकम्प पछि पुनःनिर्माण हुन सकेको छैन् । भूकम्प क्षेति पुगेको पुरानै स्वास्थ्यचौकीलाई मर्मत गरेर स्वास्थ्य सेवा प्रवाह गरिरहेको अनमी छत्रमाया कर्मचार्यले बताउनु भयो ।
स्वास्थ्य संस्था समयमानै पुननिर्माण नहुदा सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सेवा लिने आम नागरिकले समस्या भएको गुनासो गरिरहँदा जिल्ला आयोजना कार्यन्वयन ईकाइ भवन सिन्धुलीका प्राबिधिक बिदुर खतिवडाले भने हाल सिन्धुलीमा स्वास्थ्य संस्था पुनःनिर्माणको काम चलिरहेको बताउनु भयो । उहाँका अनुसार हाल घ्याङलेख गाउँपालिका ५ स्थित शान्तेश्वरी स्वास्थ्य चौकी,सुनकोशी गाउँपालिका ५ स्थित बन्दिपुर स्वास्थ्य चौकी,तीनपाटन गाउँपालिका ३ स्थिते भिमस्थान स्वास्थ्यचौकी र आम्बोटे स्वास्थ्यचौकी पुनःनिर्माणको भईरहेको छ ।
उहाँले भिमस्थान र बन्दिपुर स्वास्थ्य चौकी २०७५ पुस १५ गते सम्झौता भएअनुसार २०७६ चैत्त १५ मा सम्पन्न गर्ने गरि निर्माण भईरहेको बताउनु भयो । त्यस्तै शान्तेश्वरी र आम्बोटे स्वास्थ्य चौकी निर्माणकै क्रममा रहेको उहाँको भनाई छ । २०७६ साल असारमा सम्झौता भएको शान्तेश्वरी र आम्बोटे स्वास्थ्य चौकी सम्झौता भए अनुसार १५ महिना पछि निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुनःनिर्माण भईरहेको उहाँले जानकारी दिनुभयो । प्राविधिक खतिवडाका अनुसार चालुआर्थिक बर्षभित्रै हरिहरपुर, वितिजोर, रतनचुरा,अमले, तामाजोर, तीनकन्या ,खोलागाउँ र जिनाखु स्वास्थ्य चौकी पुनःनिर्माणका लागि टेन्डर आवाह्न प्र्रक्रिया पछि यसै बर्ष निर्माण थालिने बताउनु भयो ।
ट्रासपरेन्सी इन्टरनेसनल नेपाल सिन्धुली शाखाकी अधिकृत गंगा सत्यालले स्वास्थ्य संस्था पुनःनिर्माणको अनुगमको क्रममा स्वास्थ्य भवन निर्माणको लागि ठेक्का लिने ठेकेदारले अर्को पेटी ठेकेदारलाई ठेक्का बेचेर काम लगाउने गरेको भेटिएको बताउनु भयो । उहाँले मुख्य ठेकेदार निर्माण स्थलमा उपस्थित नै नहुने,दक्ष जनशक्तिको अभाव हुनु लगाएतका कारण गुणस्तरी भवन पुनःनिर्माण हुन नसकेको बताउनु भयो ।
त्यस्तै भौगोलिक बिकटता,निर्माण सामाग्री ढुवानी गर्न समस्या,स्थानीय कच्चा निर्माण सामाग्रीको प्रयोग गर्दा ढिलासुस्ती र गुणस्तरमा समेत कमी आएको उहाँको भनाई छ । यसरी भवन निर्माण गर्दा पारदर्शी,तथ्यपरक नहुने भएकोले स्थानीय निर्माण समितिको रोहवरमा स्वास्थ्य संस्था निर्माण हुनु पर्ने उहाको धारण छ । स्वास्थ्य संस्था निर्माण समितिले नियमित अनुगमन गर्ने ,स्वास्थ्य संस्था निर्माण हुदैछ भन्ने जानकारी आमनागरिकले थाहा पाउने गरेर बजेट सहितको सूचना बोर्ड निर्माण स्थलमा टाँस गरिनु पर्ने उहाँको सुझाब छ । यस्ता काम टा«सपरेन्सी नेपालले सरोकारवाला र समुदायलाई जानकारी गराउँदै आएको पनि उहाँले बताउनु भयो ।
तथ्यपरक,पारदर्शी र सरकारी मापदण्डलाई कार्यन्वयन गराउन सबै सरोकारवाला बीच समन्वय र सहकार्य गरी जतिसक्दो चाडो स्वास्थ्य संस्था पुनःनिर्माण गर्न आवश्यक देखिएको छ ।