शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कुण्डेश्वर मा.वि.को ५२ औं बार्षिकउत्सव सम्पन्न

शुक्रवार , पौष १८, २०७६

कमलामाई नगरपालिका १२ बेसारे वेसी स्थित श्री कुण्डेश्वर माध्यमिक विद्यालय को ५२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह बिहिवार सम्पन्न भएको छ ।

सिन्धुली क्षेत्र नं. २ को १ का प्रदेश सभा सदस्य विनोद खड्काको प्रमुख आतिथ्यता तथा जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का कार्यालय प्रमुख शिव सापकोटाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बार्षिकउत्सवको अवसरमा आयोगित विभिन्न खेलकुद प्रतियोगताका विजेता तथा विद्यालयमा कक्षा प्रथम, द्धितिय र तृतिय हुने छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

बार्षिक उत्सव समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य विनोद खड्काले विद्यालयको भौतिक पक्ष सुधारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विगतका दिनहरुमा पनि जे जसरी सकिन्छ विद्यालयको सुधारका लागि प्रयासरत रहेको र आगामी दिनमा समेत सरसहयोग जारि रहने बताउनु भयो । प्रदेश सभा आफ्ना नितिग काममा व्यस्त भएको र कार्यक्षेत्र, बजेट विनियोजन लगायततका विषयमा स्ष्टता आईनसकेको बर्तमान अवस्थामा प्रंदेश सभा सदस्यहरुले ३ करोड भित्रमा रहेर योजना बनाउन मिल्ने गरि व्यवस्था भए अनुसार आफूले यो विद्यालयलाई प्राथमिकततामा राखेर धेर थोर बजेट विनियोजन गर्न प्रयासगर्ने बताउनु भयो । खड्काले त्यस क्षेत्रको विद्यालय बाहेकको अन्य विकासमा समेत आफूले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यस्तै विशिष्ट अतिथि शिक्षा आयोजनका प्रमुख शिव सापकोटाले भुकम्प पछिको विद्यालय पनुनिर्माण प्राथमिकताका आधारमा भईरहेको र अबको बजेटको सबैभन्दा प्राथमिकतामा कुण्डेश्वर माविको भवन रहने प्रतिबद्धता जनाउनु भयो । उहाँले कमलामाई नगरपालिकाका २६ वटा माध्यमिक विद्यालय मध्य कुण्डेश्वर मा.वि. हरेक हिसावले पछाडि परेको आफूले पाएकाले सदरमुकाम र अन्य भौतिक पूर्वाधार युक्त विद्यालयका विद्यार्थीहरुले पाए सरहको सुविधामा अध्यायन गर्न पाउने अधिकार कुण्डेश्वर मा.वि.का विद्यार्थीहरुको पनि भएको बताउदै त्यो अधिकार सुनिश्चत गर्न राजनीतिक दल, जननिर्वाचित प्रतिनिधि, सरकारी निकाय लगायत सबैको दायित्व रहने भएकाले त्यसमा सबै सचेत हुनुपर्ने र लागिपर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा संगठन विभाग सचिव गणेश रत्न, सचिवालय सदस्य रमेश कार्की, नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, नगर शिक्षा समन्वय इकाई प्रमुख शंकर लुईटेल, १२ नं. वडाका वडा अध्यक्ष ललितबहादुर श्रेष्ठ लगायत छिमेकि विद्यालयका प्रधानाध्यापकहरुले मन्तव्य राख्दै विद्यालयका प्रगतिको कामना गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक मदन काफ््लेले विद्यालयको आय व्यय तथा प्रगति विवरण पेश गर्नु भएको थियो भने शिक्षक ललित श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

अक्षयकोषबाट विद्यार्थीहरुलाई शैक्षिक सहयोग

बार्षिक उत्सवको अवसरमा विद्यालयका संस्थापक सदस्य स्व. मुक्तिनाथ दहालको स्मृतिमा छोरा मुकुन्द प्रसाद दहालले स्थापना गरेको मुक्तिनाथ स्मृती अक्षय कोषबाट १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

दहालले २०७४ सालमा मनाईएको विद्यालयको स्वर्ण जयन्ती समारोहमा रु. १ लाखको अक्षयकोषको घोषणा गर्नुभएको थियो । कोषबाट प्राप्त व्याज रकम मध्ये १३,३०० रकम बरावरको शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यालयका शिक्षकहरुको समूहले छनौट गरेका कक्षा १ देखि १० सम्मका एक/एक जना गरिव, दलित, जेहेन्दार आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई स्कुल व्याग, कपि, औजार बक्स, कलर पेन्सील, डटपेन, सामान्य ज्ञान लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो ।

अक्षयकोषका संस्थापक दहाल विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । उहाँले २०५२ सालमा विद्यालयमा निमावि कक्षा सञ्चालन गर्ने बेलामा समेत चन्दा सहयोग गर्नु भएको थियो भने विद्यालयलाई माध्यमिक तहको कक्षा सञ्चालन गर्न तथा उच्च शिक्षा सम्मको पढाईको लागि योगदान गर्नुभएको छ । विद्यालयको बार्षिक उत्सव समारोहमा मन्तव्य राख्दै दहालले अक्षयकोषलाई आज मजबुद पार्ने र धेरै भन्दा धेरै विद्यार्थीहरुले लाभ पाउने गरि परिचालन गर्ने बताउनु भयो ।

प्रतिक्रिया