शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

मानवअधिकारकर्मीको लागी पहूँच अभिवृद्धि अभिमुखिकरण गोष्ठी

बिहिवार , पौष १७, २०७६

मानवअधिकारकर्मीको लागी पहूँच अभिवृद्धि अभिमुखिकरण गोष्ठी आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कार्यक्रम शान्तीका लागी साझा अभियान (कोक्याप) नेपालले आयोजना गरेको हो ।

कार्यक्रममा नेपालको ७ वटै प्रदेशमा घटेका प्रमुख घटना र सम्बन्धित जानकारीहरु NepalMonitor.org नक्साबाट म्याप्स रिपोर्टहरू हेर्न सक्ने र ठूलो सम्मानित संगठनद्वारा एकत्रित, वा व्यक्तिद्वारा प्रत्यक्ष पठाउन सकिने सम्बन्धमा जानकारी गराईएको थियो । ७ वटा प्रदेश मध्य सबै बढी मानवअधिकार उलंघनका घटनाहरु प्रदेश ३ मा भएको तथ्यांकले छ ।

सिन्धुलीमा मानवअधिकारको अवस्था कस्तो छ, स्थानीय राजनीतिक, सामाजिक अथवा स्रोत–साधनको परिचालनको बिषयमा द्वन्द्वका संभावना र आयाम के कस्ता छन् भन्ने बारेमा समेत कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रमका सहभागिहरुले मानवअधिकार तथा नागरिक अधिकारको प्रत्याभुती अझै हुन नसकेको जनाएका थिए ।

प्रतिक्रिया