शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको शान्ती सुरक्षामा कुनै पनि कमी आउन दिन्न् : एसपी सिग्देल

बुधवार , पौष १६, २०७६

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रन्जु सिग्देलले जिल्लाको शान्ती सृुरक्षामा कुृनै पनि कमी आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले मंगलवार सिन्धुलीमाढीमा गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँ यस्तो बताउनुभएको हो । उहाँले जिल्लामा फस्टाउँदै गएको उद्योगको सुरक्षाका लागि उद्योगीहरुसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

उद्योगीहरु,व्यवसायीहरुले ऐन विपरितका क्रियाकलाप गरे कारवाहीका लागि पछि नहट्ने समेत उहाँले चेतावनी दिनुभयो । जिल्लाको शान्ती सुरक्षा कायम गदैँ सरकारको लक्ष्य सुखी नेपाली समृद्ध नेपाल प्राप्तीका लागी सबै क्षेत्र र नागरिकको ऐक्यवद्धता हुनुपर्ने उहाँको धारण थियो ।

उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष्य अम्रेस चन्द्र बैदारको अध्यक्षतामा भएको एसपी स्वागत तथा भेटघाट कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका पदाधिकारी र उद्योग व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया