सिन्धुलीको मरिण खोला तर्नेक्रममा एक जना जेष्ठ नागगरिकको मृत्यु भएको छ । हरिहरपुर गाउँपालिका वडा नम्बर ४ चायाचुति बस्ने ८० बर्षिका धन बहादुर आलेमगरको खोला तर्नेक्रममा डुवेर मत्यु भएको हो ।
स्थानीय बजारबाट तरकारी किनेर घर फर्कने क्रममा ढुंगामा चिप्लिएर पानीमा डुब्दामंगलवार विहान ८ बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी हवल्दार उमा घलानले जानकारी दिनुभयो ।